ईयू र नेटोमा प्रवेश पाउन देशकै नाम परिवर्तन

ईयू र नेटोमा प्रवेश पाउन देशकै नाम परिवर्तन

एजेन्सी : म्यासेडोनियाका मतदाताले आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । यूरोपेली यूनियन र नेटोमा प्रवेश पाउन यहाँ देशकै नाम परिवर्तन गर्नुपरेको हो ।जनताले आइतबारको जनमतसंग्रहमा न्यून मतदान भए पनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए । यो मतदानसँगै म्यासेडोनियालाई नेटो र यूरोपेली यूनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ ।

निर्वाचन आयोगका अनुसार मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१.३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन् । नाम परिवर्तन गर्नु हुँदैन भन्ने पक्षमा केवल ५.७ प्रतिशत मत आएको थियो । म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए ।

मतदानको परिणाम सार्वजनिक भएसँगै ग्रीसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्रीस गत जुन महिनामा म्यासेडोनियासँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र ईयूको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले म्यासेडोनियाका समकक्षीलाई टेलिफोन गरी सम्झौताको कार्यान्वयनलाई निष्कर्षमा पु¥याउन म्यासेडोनियाका प्रधानमन्त्रीको साहस र प्रतिबद्धताको प्रशंसा गरे । अब म्यासेडोनियाको नाम परिवर्तनका लागि संसद्को दुई तिहाइ मत आवश्यक पर्नेछ । यसलाई ग्रीसको संसद्ले समेत अनुमोदन गर्नुपर्नेछ ।

देशको नाम परिवर्तन गर्ने पक्षमा जनमतसंग्रह भएलगत्तै नेटोका प्रमुख जेन्स स्टाल्टेनबर्गले खुशी व्यक्त गरेका छन् । यसबाट ग्रीससँगको दशकौं विवाद अन्त्य भएको उनको भनाइ छ । उनले ट्विट गरे, ‘म सबै राजनीतिक दल र यसका नेतासँग यस्तो ऐतिहासिक अवसरको लाभ लिन अनुरोध गर्दछु ।

यसलाई रचनात्मक र जिम्मेवारीपूर्ण तरिकाले उपयोग गर्नुपर्छ ।’ उनले अब म्यासेडोनियालाई नेटोमा प्रवेश दिइने स्पष्ट पारे । प्रक्रिया पूरा गर्नासाथ म्यासेडोनियामा नेटो सैनिक खटाइने जानकारी दिए । सबैभन्दा नयाँ सदस्यका रूपमा नेटो सदस्यमा स्वागत गर्न आफू इच्छुक रहेको उनको कथन छ । ग्रीसको एउटा प्रान्तसँग नाम जुधेकै कारण म्यासेडोनियालाई नेटो र ईयूमा नल्याउन ग्रीसले दबाब दिँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.