अर्घाखाँचीमा मलामी बोकेको जीप दुर्घटना, १३ घाइते

अर्घाखाँचीमा मलामी बोकेको जीप दुर्घटना, १३ घाइते

सन्धिखर्क : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका २ सितापुरमा मलामी बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरी फर्कने क्रममा फलाचौर मोडमा लु१ज २३६९ नम्वरको जीप दुर्घटना भइ सडकबाट झण्डै सय मिटर तल खसेको हो। घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक कमल परियारले बताउनु भयो।

मालारानी ६ काफलठुटाका अन्दाजी ८८ वर्षका ज्ञानधर पुनको निधन पछि अन्तिम दाहसंस्कारको निम्ति नवलपरासी त्रिवेणी पुगेर फर्कंदा बिहान ४ बजेतिर सुपा देउराली भन्दा २ किलोमिटर नजिकै फलाचौर घुम्तिमोडमा जीप दुर्घटना भएको र जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.