भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन चीन-भारत मुख्य प्राथमिकता

भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन चीन-भारत मुख्य प्राथमिकता

काठमाडौँ : मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको मन्त्रिपरिषद्का एकजना सदस्यले बताएका छन् । 

नेपाल भ्रमणवर्ष २०२० का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले राजधानीमा गरेको छलफलमा उनले सन् २०२० भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने जानकारी दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमणवर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउन चीन र भारततर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले यो अभियानलार्इ एक दशकसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपालको दिगो विकासको आधार पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रसँगको सहकार्यमा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले परिणाम देखिने गरी काम गर्न आग्रह पनि गरे । 

गत वर्ष नौ लाख ४० हजार पर्यटक

कार्यक्रममा दिइएको जानकारी अनुसार गत वर्ष नौ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस वर्ष १२ लाख पर्यटक आउने अनुमान गरिएको छ । पोहोर चीनबाट एक लाख चार हजार ६६४ जना र भारतबाट एक लाख ६० हजार ८३२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । 

महासङ्घका पदाधिकारी तथा पर्यटन व्यवसायीले हवाईजहाज किनेर विमान चालकको खोजी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा गम्भीर भएर लाग्नुपर्ने, नेपाललाई खरिदबिक्रीको गन्तव्यका रुपमा विकास गर्नैपर्ने, खरिदकर्ता पर्यटकलाई करछुटजस्ता आकर्षक सुविधा दिनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.