२५ वर्षपछि खड्ग पुजा गरिँदै

२५ वर्षपछि खड्ग पुजा गरिँदै

ललितपुर : पच्चीस वर्षदेखि बन्द भएको ललितपुरको चर्चित ‘खड्ग पुजा’ यस वर्षदेखि सुचारु हुने भएको छ। इस्वी संवत् ४६४ ताका राजा मानदेवको पालाको खड्ग राख्ने घर (आँगछे) बाट खड्ग निकालेर मंगलबजार हुँदै महालक्ष्मी मन्दिर पुर्‍याएर पुजा गर्ने चलन छ। खड्ग बोक्नेलाई बाटाभरि युवाले जिस्काउनुपर्ने र जिस्काउनेलाई सोही खड्गले छुनुपर्ने परम्परा छ।

ललितपुर महानगरपालिका ८ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता राजु महर्जनले बाटोमा खड्ग छुँदा गम्भीर चोटपटक लागेको समेत इतिहास भएकाले कतिपयले यो पुजाको विरोध पनि गरेको छन्। महर्जनले पुजाका लागि महानगरले अघिल्लो वर्षदेखि प्रयत्न गरेको भए पनि यो वर्षमात्रै सफल भएको भनाइ राखे। ‘यस पुजाको विधि एकदमै लामो भएकाले गत वर्ष विधि पुर्‍याउन सकेनौं’, उनले भने। गुठियारको राय बाझिएकाले सबैलाई एकैठाउँमा राखेर बैठक बसेपछि मात्रै पुजा गर्ने निष्कर्षमा पुगेको जानकारी दिए। उनले भने, ‘यस पुजाका लागि दुई साता पहिला नै पुजा विधि सम्पन्न भइसकेको छ।’

आर्थिक तथा जनशक्तिको अभाव हुनुले पनि धेरै वर्षदेखि खड्ग पुजा रोकिएको थियो। गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले यो वर्षका लागि चाहिने सामग्रीको जोहो गर्न संस्थानले बजेट छुट्याइसकेकाले सुचारु हुने जानकारी दिए। उनले भने, ‘पुजालाई चाहिने एउटा राँगो, एउटा बोको, १२ हजार नगद छुट्याइसकेका छौं।’ राँगाको टाउको बोकेर सहर घुमाउनेलाई ६ सय रुपैयाँ दक्षिणा र पुजाको समयमा ‘का’ बाजा बजाउनेलाई १४ हजार चार सय रुपैयाँ समेत छुट्याइसकेको जानकारी उनले दिए।

आर्थिक तथा जनशक्तिको अभाव हुनुले पनि धेरै वर्षदेखि खड्ग पुजा रोकिएको थियो।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरपछाडि राजा मानदेवको पालामा बनेको खड्ग राख्ने घर भुकम्पले भत्किएको छ। जसका कारण मन्दिरका देवताहरू विभागमा राखिएको भनाइ पाटन दरबार हेरचाह तथा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलको छ। ‘केहीको भने मुचुल्का उठाएर गुठियारले लगिसकेका छन्’, प्याकुरेलले भने।

उनका अनुसार खड्ग पुजाका लागि अस्थायी ठाउँ बनाएर, सरसफाई गरी पुजा गर्ने ठाउँ बनाइएको छ। खड्ग पुजामा संलग्न रहेका गुठियार साम्राज्य श्रेष्ठले यो पुजा दसैंभर गरिने बताए। संस्थानले उपलब्ध गराउने रकम पुजाका लागि अपर्याप्त भएकाले महानगरपालिकासँग समन्वय गरिरहेको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.