वडा सदस्यको भिरबाट लडेर मृत्यु
दार्चुला : दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ६ हुतीका वडा सदस्य ६५ वर्षीय जयसिह खातीको लडेर मृत्यु भएको छ।
बिहीबार सदरमुकाम खलंगाबाट घर फर्किने क्रममा व्यास गाउँपालिका ६ तिगरमपूल नजिकै लडेर खातीको घटनास्थलमै मृत्यु भएको हो।
भारतीय बाटो हुँदै घर जाने क्रममा भिरालो बाटोमा चिप्लिएर खातीको मृत्यु भएको व्यास गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मनोजसिह कुँवरले जानकारी दिए।
खातीको मृत्यु भारतीय क्षेत्रमा भएको हुँदा उनको शवलाई भारतीय प्रहरीले राखेको छ।
घट्नास्थल भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तिगरम क्षेत्रमा पर्छ। मृतक खाती जनप्रतिनिधि भएको कारण शवको पोष्टमार्टम कहाँ गर्ने भन्ने विषयमा व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी र भारतीय प्रहरीबीच छलफल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !