अब त बन्छ कि धरहरा !

अब त बन्छ कि धरहरा !

काठमाडौं : भूकम्पमा भत्किएको धरहरा साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भएको छ। यसलाई पुरानै शैलीमा आधुनिक किसिमले निर्माण गरिनेछ। प्रधानमन्त्री केपी ओली नेपाल फर्किसकेकाले लगत्तै शिलान्यास गरेर निर्माण अघि बढाउने योजना रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव इन्जिनियर राजुमान मानन्धरले जानकारी दिए। ४२ रोपनी क्षेत्रफलमा ३ अर्ब ४८ करोडको लागतमा धरहरा निर्माण हुनेछ।

दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माण थालिएको उनले बताए। कुनै किसिमको अवरोध नभएमा दुई वर्षभित्र निर्माण सम्पन्न गरिने उनको दाबी छ। स्थानीयको गुनासोलाई सम्बोधन गर्दै परम्परा, संस्कृतिलाई खलल नहुने गरी निर्माण गरिने उनले बताए। ‘अवरोध भएन भने दुई वर्षमा निर्माण सम्पन्न हुन्छ’, उनले भने।

निर्माणको जिम्मा पाएको जीआईईटीसी र रमन जेभीले निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री धमाधम ल्याइरहेको छ। ती उपकरण र सामग्री काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा राखिएको छ।

उपकरण तथा निर्माण सामग्री राख्न नेपाली सेनासँग टुँडिखेल माग गरिएको छ। सेना सकारात्मक भएको उनले बताए। ‘केही दिनमा सेनाले निर्णय गर्छ, टुँडिखेलको दक्षिणपर्टी उपकरण र निर्माण सामा्री राखेर काम सुरु हुन्छ’, उनले भने।

६९ दशमलव २ मिटर अग्लो २२ तले धरहरा निर्माण हुने इन्जिनियर मानन्धरको भनाइ छ। ‘अब भीमसेन थापाको पालाको जस्तै त हुँदैन, तर पुरानै शैलीमा आधुनिक धरहरा बन्छ, त्यो नभत्किने गरी बन्छ’, उनले भने। पुरानो धरहराभन्दा १० मिटर पूर्वमा आधुनिक धरहरा बन्नेछ। भत्किएको धरहरालाई टेम्पर ग्लासले छोपिनेछ, त्यो पर्यटकलाई हर्न खुला राखिनेछ। धरहरामा दुई लिफ्ट हुनेछन्। लिफ्ट चढ्न बिजुलीको भर्‍याङबाट दुई तला तल अन्डरग्राउन्ड झर्नुपर्नेछ। प्रतिसेकेन्ड डेढ मिटर गति भएका लिफ्ट जडान गरिनेछ। धरहराको २२ तलामा पुग्न ४६ सेकेन्ड लाग्ने अनुमान छ।

धरहरा चढ्न लिफ्टका साथै भर्‍याङमा पनि हुनेछ। ‘लिफ्टमा प्राविधिक गडबडी भएमा भर्‍याङबाट तल माथि गर्न पनि सकिन्छ,’ इन्जिनियर मानन्धर भन्छन्। १८ तला माथि हल हुन्छ। हलभित्र भूकम्प, धरहरासम्बन्धी हुर्ने पाउने भिडियो राखिएको छ। धरहराको भुइँतला ‘ग्राउन्ड फ्लोर’ रमणीय हुनेछ। तीन वटा तला अन्डरग्राउन्डमा गाडी पार्किङको व्यवस्था हुनेछ। धरहराको बाटो वरिपरि मात्रै हुन्छ। अहिले बीचबाट हिँड्ने गरिएको ठाउँ भने बन्द गरिनेछ। काठमाडौं मलको दक्षिणमा नयाँ बाटो बन्नेछ। धरहराको बीचको बाटो भएर शव लैजाने पुरानो परम्परालाई भने नरोकिने इन्जिनियर मानन्धर बताउँछन्। ‘लास लिएर जाने तथा नित्य पूजा गर्ने कुरालाई भने अवरोध गरिनेछैन’, उनले भने, ‘सर्वसाधारणले बीचबाट हिँड्न पाउनेछैनन्।’

धरहरा छेउमा रहेका सुन्धारालाई पनि मर्मत गरिनेछ। ‘सकेसम्म प्राकृतिक रूपमै पानी आउने व्यवस्था गर्छौं’, उनले भने, ‘भएन भने कृत्रिम रूपमै भए पनि सुन्धारामा पानी आउने बनाउँछौं।’ टक्सार क्षेत्रमा ‘मिन्ट संग्रहालय’ बनाइनेछ। त्यहाँ सिक्का कसरी बन्छ, त्यो हेर्न पाइन्छ। साँझमा पानी फोहोरा आउने व्यवस्था गरिनेछ।

मेरो धरहरा मै बनाउँछु’ अभियान जारी

भूकम्प गएको साढे तीन वर्ष भयो। भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले धरहरामा जनताको अपनत्व होस् भनेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालेका थिए। पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको ‘मेरो धरहरा मै बनाउँछु’ अभियान अहिले निष्क्रिय छ। उक्त अभियानअन्तर्गत बनाइएको धरहरा पुनर्निर्माण कोषमा २४ करोड संकलन भएको छ। पहिलो पटक ओली प्रधानमन्त्रीबाट हटेसँगै त्यो अभियान निष्क्रिय हुँदै आएको हो। ‘त्यो कोषलाई लाइभ गर्छौं, मानन्धरले भने, ‘अभियानबाट करोडौं रुपैयाँ उठाउने योजना छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.