सरकारविरुद्ध षड्यन्त्र हुँदैछ : प्रचण्ड

सरकारविरुद्ध षड्यन्त्र हुँदैछ : प्रचण्ड

गोरखा : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन्।  

शनिबार गोरखाका अगुवा कार्यकर्तासँगको अन्तरक्रिया बोल्दै प्रचण्डले शासन गर्ने अनुभवको कमीलाई कारण बनाएर प्रतिक्रियावादीहरुले नेकपा नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका हुन्। 

‘शासन गर्ने अनुभव प्रतिक्रियावादीलाई जति हामीलाई छैन’, उनले भने, ‘अनुभवको कमी कहीं न कहीं कमीकमजोरी भइ नै राख्छ। यही मौका पारेर प्रतिक्रियावादीले हामीविरुद्ध षड्यन्त्र गरिरहन्छन्।’

 
उनले वाम शक्तिविरुद्ध संसारभरका प्रतिक्रियावादीका लागि टाउको दुखाई भएको बताए। ‘वाम एकता र वामपन्थीको सरकारलाई कसरी तोड्ने भनेर अहिले अनेकौं कसरत भइरहेको छ’, उनले भने, ‘संसारभरका प्रतिक्रियावादीका लागि नेपालको वामशक्तिको एकता र वाम सरकार सञ्चालन ठूलो टाउको दुखाइ भइरहेको छ।’ 

जस्तोसुकै अवरोध भएपनि पार्टी एकतालाई तलसम्म सुदृढ गर्ने र सरकारको कामलाई तलसम्म लैजाने जिम्मेवारी सबैको भएको उनको भनाइ छ।

सँगै प्रचण्डले पार्टी एकताको प्रक्रियालाई आइतबारको सचिवालयको बैठकले टुंगो लगाउने उनले प्रष्ट पारे। अहिले गर्नुपर्ने राजनीतिक नियुक्तिको बिषयमा पनि आइतबारको बैठकले टुंगो लगाउने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.