भोजपुर नगरपालिकाले सर्वसाधारणलाई कर छुट गरायो
![भोजपुर नगरपालिकाले सर्वसाधारणलाई कर छुट गरायो](https://annapurnapost.prixacdn.net/media/albums/bhojpurnagarpalika_20181008075550_JhSyAAe30l.gif)
भोजपुर : देशभर स्थानीय सरकारको कर बृद्धि र दोहोरो करबाट स्थानीय नागरिक आजित बनिरहँदा भोजपुर नगपालिकाका बासिन्दाले भने राहत महसुश गर्न पाएका छन् ।
भोजपुर नगरपालिकाले अपांगता परिचयपत्र, प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, स्वास्थ्य, विवाह दर्ता, बसाइसराई, सम्बन्ध बिच्छेद, र मुत्युदर्ता जस्ता सेवामा निशुल्क सिफारिस गरिदिएको छ ।
गत असोज १ गतेबाट कार्यान्वयन हुनेगरी भोजपुर नगरपालिकाले यसअघि लगाउँदै आएको विभिन्न आठ शिर्षकको करमा सर्वसाधरणका लागि छुट गरेको छ । नगरपालिकाको गत असार १० गते बसेको नगरसभाको बैठकले असोज १ गतेबाट कार्यान्वयन हुनेगरी पहिलोपटक कर छुट गरिदिएको हो ।
यसअघि गत आर्थिक वर्षमा नगरपालिकाले सबै विषयमा नगरपालिकाभित्र २० प्रतिशतले कर बढाएको थियो । नगरपालिका मेयर कैलाश कुमार आलेले भने, ‘हामीले यो वर्षदेखि पहिलोपटक नगरपालिकामा सिफारिस बनाउन आउने जनतालाई निशुल्क गरेका छौँ । तर सिफारिस हराएमा वा दोस्रोपटक प्रतिलिपि बनाउन आएमा त्यसमा पहिलेकै दरमा शुल्क लगाउने निर्णय गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)