मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ। 
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोरङको मिक्लाजुङ गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय फौदसिंह विकको मृत्यु भएको हो। 

दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले विकलाई आइतबार दिउँसो २:३० बजेतिर ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का १९ वर्षीय अजाद हुसेनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। पैदलयात्री वृद्धले सडक पार गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.