पाथिभारामा केबलकार निर्माण विवाद

झापामा बन्द गराउँदै हिँड्ने तीनजना पक्राउ, मेची राजमार्गमा यातायात ठप्प

झापामा बन्द गराउँदै हिँड्ने तीनजना पक्राउ, मेची राजमार्गमा यातायात ठप्प
तस्बिर : अन्नपूर्ण

 झापा : मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको आंशिक प्रभाव झापामा परेको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ । 

झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आज बिहान दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउँदै हिँडने तीनजना बन्दकर्तालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । राजमार्गमा गुडिरहेका गाडीको चाबी थुत्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए । त्यस्तै आज बिहान ५:३० बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका –४ स्थित बर्नेमा बन्दकर्ताहरूले दुईवटा घाघरुको रुख ढालेर राजमार्ग अवरुद्ध पारेका थिए । 

त्यसलाई पन्छाएर सडक सुचारु गराएको डीएसपी चन्दको भनाइ छ । जिल्लामा बन्दको प्रभाव देखिएको छैन । राजमार्गमा सवारीसाधन चलिरहेका छन् । बजार पसल पनि खुला छ । राजमार्गका विभिन्न स्थानमा व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए ।

समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको हो । पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरूले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत् राखेका छन् । 

जसका कारण जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएपछि उनीहरू थप आन्दोलित बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.