यातायातका १० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

यातायातका १० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा यातायात कार्यालयका १ उपसचिव, ६ शाखा अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ती कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले अवैध रूपमा लाइसेन्स बिक्री वितरण गरी अनियमितता गरेको अख्तियारको ठहर छ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी र नासु लेखनाथ भुसालविरुद्ध मुद्दा दायर गरिएको हो। यातायात कार्यालय ठूलो भर्‍याङका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अधिकृत विज्ञान खड्गी र यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।

यातायात कार्यालयमा काम गरिरहेका उनीहरू मुद्दा दायर भएसँगै स्वतः निलम्बित भएका छन्। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम १ वर्ष कैद सजाय माग गरेको छ। उपसचिव, अधिकृतलगायत कर्मचारीले १५ वर्षयता भ्रष्टाचारको जालो फिँजाएको अख्तियार स्रोतले दाबी गरेको छ।

उनीहरूले २०७४ साल माघ १ देखि फागुन २५ सम्म जारी गरेका कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी अनुत्तीर्णलाई उत्तीर्ण गराएको दाबी अख्तियारको छ। परीक्षामा सहभागी नै नभएका कैंयौको नाम थपघट गरेका थिए। उनीहरूले प्रति लाइसेन्स ३० हजारदेखि ४० हजार रुपैयाँ लिएर वितरण गरेको अख्तियारको अनुसन्धान टोलीले जानकारी दिएको छ।

यातायात व्यवस्था विभागमा समेत त्यसबेला यातायात कार्यालयमा नियमितता भएको उजुरी परेको थियो। त्यसपछि विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराइले छानबिन गरी कारवाहीका लागि अख्तियार पठाएका थिए। विभाग स्रोतका अनुसार त्यसबेला एक वर्षभित्र वितरितमध्ये झण्डै ५ हजार लाइसेन्सको रेकर्ड सिस्टममा थिएन। विभागका एक अधिकारीका अनुसार कर्मचारीको सेटिङमा प्रति लाइसेन्स ३० हजार रुपैयाँका दरले ५ हजार लाइसेन्सको १५ करोड रुपैयाँसम्म असुलेको अनुमान गरिएको थियो। अख्तियारले विभागबाट आएका फाइल र अन्य उजुरीका आधारमा ती कर्मचारीमाथि छानबिन गरेको थियो।

यस्ता छन् निलम्बित कर्मचारी

यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुख तेजनारायण हाल यातायात कार्यालय बुटवलका प्रमुख थिए। दलका वरिष्ठ नेता र प्रशासकसम्म पहुँच भएका उनीविरुद्ध अख्तियारमा अकूत सम्पत्ति छानबिन गर्न उजुरी परेको छ। पोखरास्थित यातायात कार्यालय प्रमुखसमेत भएका उनको १५ वर्षदेखि यातायात कार्यालयबाट अन्यत्र सरुवा भएको छैन। १५ वर्षदेखि यातायातमा बसेका ईश्वरराज अख्तियारमा पर्ने डरले उनले केहीअघि सञ्चार मन्त्रालयमा सरुवा गराएका थिए। अख्तियारले यसअघि पनि उनीविरुद्ध मुद्दा दायर गरेको थियो तर विशेष अदालतबाट सफाइ पाउन सफल भएका थिए।

भूपराज र शिवप्रसाद एकान्तकुनास्थित कार्यालयमा नै थिए भने शालिग्राम यातायात कार्यालय ठूलो भर्‍याङमा थिए। उनीहरूको पनि १५ वर्षदेखि नै यातायात कार्यालयबाट अन्यत्र सरुवा भएको थिएन। मेकानिकल इन्जिनियर श्याम भने रंगेहात पक्राउ परेका थिए। विभागमा रहेका लक्ष्मणले सेटिङका क्रममा स्मार्ट लाइसेन्सको कोडिङ मिलाउने काम गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.