लेखापालमाथि हातपात भएको भन्दै कर्मचारीले पारे काम ठप्प
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टले आफूमाथि स्थानीय सेवाग्राहीबाटै हातपात भएको गुनासो गरेपछि कर्मचारीहरुले काम राेकेका छन् ।
कार्यालयमा काम गरिरहेको अवस्थामा स्थानीय भरत मडै र नरेश मडैले हातपात गरेको भन्दै लेखापाल भट्टले उजुरी दिएपछि कर्मचारीहरुले काम नै रोकेका हुन्। प्रहरीले समेत आरोपितलाई कारवाही गर्न नसकेपछि कर्मचारीहरुले गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टसँग दोषीलाई कारवाही गर्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउँदै उनीहरुले काम रोकेका हुन् ।
कारवाही नभएसम्म उनीहरुले गाउँपालिकाको नियमित काम रोकेका छन् । लेखापाल भट्टका अनुसार स्थानीय सेवाग्राही दुवैजनाले गालीगलौज गरी हातपात नै गरेका थिए । अध्यक्ष बिष्टले भने शनिबार आकस्मिक डाकेर घटनाबारे छानविन गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय नरेश मडैले भने आफूहरुले कसैलाई कुटपिट नगरेको बताउँदै आएका छन् । तर केही सूचना माग्दा लेखापालले अटेरी गर्दा समान्य विवाद भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !