दुई मोटरसाइकल जुध्दा सांसद घाइते

दुई मोटरसाइकल जुध्दा सांसद घाइते

गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार बेलुकी दुई मोटरसाइकल एकआपसमा जुुध्दा प्रदेश सांसद र अर्का एक व्यक्ति घाइते भएका छन् । गाईघाटस्थित त्रियुगा नगरपालिका–११ तरकारी बजार नजिक दुई मोटरसाइकल एकआपसमा जुध्दा उदयपुर क्षेत्र नं २ को प्रदेश नं १ का सांसद नारायणबहादुर बुर्जा मगर नारायणबहादुर बुर्जा मगर भएका हुन् । 

 सांसद मगरले चढेको स.४.प. ४९१६ नम्बरको र विपरित दिशाबाट आउँदै गरेको बा.४२.प. ७८६ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका हुन् । दुर्घटनामा अर्का मोटरसाइकल चालक रौतामाई गाउँपालिका ४ पोखरीका मोहन राउत पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए । 

  घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सांसद मगरको दाहिने खुट्टको एउटा औला भाँचिएको छ भने हात, खुट्टा र अनुहारमा चोटपटक लागेको छ । त्यस्तै राउतको दाहिने खुट्टामा चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.बिशालकुमार देवले जानकारी दिए ।

सांसद मगर आफैं मोटरसाइकले चलाएर त्रिनपा–१२ स्थित घर जाँदै थिए । अचानक अगाडी सिटी सवारी देखापरेपछि दुवै मोटरसाईकल एकआपसमा ठोक्किन पुगेको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.