सचिवको कार्यशैलीप्रति मुख्यसचिव असन्तुष्ट

सचिवको कार्यशैलीप्रति मुख्यसचिव असन्तुष्ट

काठमाडौं : मुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रालयका सचिवहरूको कार्यसम्पादन प्रभावकारी बन्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले प्रत्येक मन्त्रालयका सचिवको कार्यसम्पादनको अनुगमन थालिएको जानकारी दिँदै सजग र सचेत बन्न सचेत गराए। प्रधानमन्त्री कार्यालयले अनलाइन मोनिटरिङ सफ्टवेयरमार्फत सबै सचिवको कार्यसम्पादन मूल्यांकन गर्दै आइरहेको छ।

मुख्यसचिवको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको सचिवहरू बैठकमा रेग्मीले सचिवहरूको कार्यसम्पादन प्रभावकारी हुन नसक्दा सरकारको लोकप्रियता खस्केको आक्रोश पेखे। रेग्मीले अहिलेकै जस्तो कार्यसम्पादनले ‘सुखी नेपाल र समृद्ध नेपालीको’ सरकारको लक्ष्य पूरा हुन नसक्ने भएकाले सचिवहरूलाई जिम्मेवार भएर कार्यसम्पादनमा खट्न निर्देशन दिए।

केही दिनअघि प्रधानमन्त्री केपी ओलीले कर्मचारीबाट अपेक्षित सहयोग पाउन नसकेको भन्दै गुनासो गरेका थिए। प्रधानमन्त्रीको गुनासो आएपछि मुख्यसचिवले पहिलोपटक सचिव बैठक डाकेका हुन्।

बैठकमा विकास निर्माणका कार्य प्रभावकारी नहुनु, स्वास्थ्य शिक्षाको अवस्था कमजोर बन्दै जानु, कृषि विकासमा समस्या देखिनु, दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि हुदा पनि रोक्न नसक्नु लगायत विषयमा व्यापक छलफल भएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकमा मुख्यसचिव रेग्मीले कृषि तथा पशुपंक्षी विकास, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, भौतिक तथा पूर्वाधार मन्त्रालयलगायत सचिवहरूको भूमिका सन्तोषजक नभएको बताएका थिए। साथै उनीहरूलाई सक्रिय भएर अघि बढ्न निर्देशन दिए। मुख्यसचिव रेग्मीले काम नगर्ने र जिम्मेवारी पन्छाउने सचिवमाथि कठोर कदम चालिने चेतावनी दिए।

बैठकमा सरकारका निर्णय कार्यान्वयनमा सचिवहरूले उदासीनता देखाएको बारे गम्भीर छलफल भएको थियो।

काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन

समयमा काम नगर्ने र ठगी गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई मुख्यसचिव रेग्मीले निर्देशन दिए।

बैठकमा समयमै काम नसक्ने र लापरवाही गर्ने ठेकेदारहरूको विवरण अख्तियारले मागे मन्त्रालयले सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। मुख्य सचिव रेग्मीले गल्ती गर्ने निर्माण व्यवसायीलाई आइन्दा उन्मुक्ति नदिइने बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.