काष्ठमण्डप पुनर्निर्माणमा महानगरको थप ५ करोड

काष्ठमण्डप पुनर्निर्माणमा महानगरको थप ५ करोड

काठमाडौं : काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ। 

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। यसअघि महानगरले समितिलाई ‘सीड मनी’ का रूपमा ५० लाख रुपैयाँ दिएको थियो।

चालु आर्थिक वर्षमा काष्ठमण्डप पुनर्निर्माणका लागि ८ करोड रकम विनियोजन गरिएको छ। महानगरले १८ करोडको अनुमानित लागतमा काष्ठमण्डप पुनर्निर्माण प्रक्रिया सुरु गरेको छ। 

रकम हस्तान्तरण गर्दै मेयर शाक्यले महानगरले आफ्नै खर्चमा काष्ठमण्डप पुनर्निर्माण गर्ने बताए। उनले असार मसान्तभित्र पहिलो तला निर्माण भइसक्ने जनाए।

महानगरबाट दिइएको रकमबाट इँटा र काठ खरिद हुने हनुमानढोका दरवार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए। काष्ठमण्डपका लागि इँटा बनाउने, काठको व्यवस्था गर्ने काम भइरहेको छ। 

पुरानै शैलीमा काष्ठमण्डपको निर्माण काम थालिएको समितिका अध्यक्ष राजेशकाजी शाक्यले बताए। स्थानीयकै अग्रसरतामा मंसिरबाट निर्माण सुरु हुनेछ। ‘काठ र इँटाको व्यवस्था भइसकेको छ। चाडवाड सकिएपछि निर्माण सुरु हुन्छ’, उनले भने।

महानगरपालिका–२० मा रहेको पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ को विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको छ। काष्ठमण्डपको डिजाइन, ड्रइङ तथा स्पेसिफिकेसनलाई सर्वस्वीकार्र्य बनाउन प्रा प्रेमनाथ मास्केको अध्यक्षतामा ७ सदस्यीय विज्ञ समिति बनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.