दसैंमा खाद्यसंकट, बाँड्दाबाँड्दै सकियो चामल

दसैंमा खाद्यसंकट, बाँड्दाबाँड्दै सकियो चामल

जाजरकोट : जाजरकोटको बारेकोटस्थित घाट खाद्य डिपोमा प्रतिपरिवार १० केजीका दरले दिँदा पनि आइतबार नै चामल सकिएपछि खाद्यसंकट परेको छ । डिपोमा चामल सकिएपछि दसैं मान्ने चामल लिन आएका सर्वसाधारण रित्तै फर्किएका छन् ।

चार महिनादेखि खाद्य अभाव भएको बारेकोटमा दसैंलाई लक्ष्य गरी खाद्य संस्थानले एक सय २० क्विन्टल चामल केही दिनअघि पठाएको थियो । समयमा ढुवानी गर्न नसक्दा केही चामल फुलचावलीमै थन्किएको छ । मागअनुसार आपूर्ति नहुँदा अभाव भएको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । उनले भने, ‘गाउँमा खाद्यान्न छैन । ढुवानी समस्याले निजी व्यापारीले पनि खासै चामल लिँदैनन् । केही व्यापारीले लिएको पनि खाद्य संस्थानको भन्दा दोब्बर मूल्य पर्छ । दसंैको बेला पनि पेटभरि भात खान नपाउने अवस्था छ ।’

उनका अनुसार हिउँदे र वर्षे बाली नहुँदा बारेकोटमा खाद्यसंकट परेको हो । ‘मिठोमसिनोे खाने त सपना भयो दुईछाक भात खान पनि समस्या पर्ने भयो’, स्थानीय चन्द्र खड्काले भने ।

बारेकोटवासी कसरी पेट भर्ने पिरलोमा छन् । गाउँपालिकामा असिनापानीले हिउँदे अन्नबाली उत्पादन नै नभएपछि संकट परेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

वैशाखमा परेको असिनापानीले किसानले लगाएको गहुँ र जौ बीउ नै नरहने गरी नष्ट गरिदिएपछि बारेकोटवासीले दुई महिनादेखि खाद्यसंकट झेल्दै आएका छन् । गाउँपालिकाका अधिकांश गरिबीको रेखामुनि छन् । चाडबाड आइरहेका बेला गाउँमा अन्न नभएको र डिपोमा समेत चामल सकिएपछि समस्या भएको बारेकोट–३ का मनबहादुर शाहीले बताए ।

गाउँपालिकामा भएका पसलमा समेत चामल छैन । केही पसलमा भएको चामल पनि खाद्य संस्थानको मूल्यभन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानीयसँग पैसा छैन ।

साविकका सक्ला, नायकवाडा, रामीडाँडा र रोकायगाउँ गाविसका करिब २० हजार बासिन्दा खाद्यको चपेटामा पर्दा पनि खाद्यसंकट टार्न बेवास्ता गरिएको बारेकोट–२ का गम्भीर नेपालीले बताए ।

सरकारले डिपोका लागि चालु आर्थिक वर्षमा दुई हजार एक सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । चामल ढुवानीका लागि टेन्डर स्वीकृति गरिसकेको भए पनि ढुवानी हुन सकेको छैन ।

सरकारले दुर्गममा खाद्य संस्थानमार्फत ढुवानी अनुदान दिएर सस्तोेमा चामल उपलब्ध गराउने गरेको छ तर डिपोमा चामल नहुँदा स्थानीय मर्कामा परेका छन् । ३० केजीको प्रतिबोरा एक हजार दुई सय पर्ने चामल निजी क्षेत्रका व्यापारी दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री गर्छन् । दोब्बर मूल्य हालेर पनि चामल किन्न नपाइने बारेकोट–२ का मनवीरे नेपालीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.