मानसिक सन्तुलन गुमाएकालाई बन्धक बनाउने श्रीमानश्रीमती पक्राउ

मानसिक सन्तुलन गुमाएकालाई बन्धक बनाउने श्रीमानश्रीमती पक्राउ

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ४ वांगलामा मानसिक सन्तुलन गुमाएकालाई बन्धक बनाएर राख्ने दुई जना पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका- ४ वाङ्ला आमडाँडामा विजया दशमीको दिन मानसिक सन्तुलन ठिक नभएका नारायण खत्रीलाई रसीले बाँधेर आगनमा रातभरी छाडिदिने छिमेकी शुसिला नेपाली र उनका श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए। 

खत्रीलाई ८ घण्टापछि स्थानीयले अचेत अवस्थामा भेटे पछि स्थानीयले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा खबर गरेका थिए। तत्काल खबर पाउनासाथ प्रहरी निरीक्षक नवराज मल्ल र  प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पहलमा पीडित नारायण खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो। 

जिल्ला अस्पताल अर्घाखाँचीमा खत्रीको सामान्य उपचार पछि स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएकोमा त्यहाँ पनि उपचार संभव नभएपछि थप उपचारका लागि रिफर गरी भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। 

बन्धक बनाउने शुसिला नेपाली र उनका श्रीमानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.