दुर्घटनामा एकको मृत्यु
तानसेन : स्याङ्जाको मालुङमा जीप र स्कुटर ठोक्किँदा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
लु ३७ प ३०९० नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिँदा स्कुटरमा सवार रुपा थापामगर को मृत्यु भएको हो भने उनका श्रीमान महेश पुन घाइते भएका हुन् ।
रुपाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज तानसेनमा मृत्यु भएको हो । महेशको भने सोही अस्पतालमा उपचार भइरहेको छ । नेपाल मगर विद्यार्थी संघ पाल्पाकी निवर्तमान अध्यक्ष समेत रहेकी स्याङ्जाकी रुपा र गुल्मीका महेशले ११ दिनअघि मात्रै बिहे गरेका थिए । बिहेपछि दुरहन फर्काउन माइती स्याङजाको कालिगण्डकी गाउँपालिका, बिर्घा गएकी रुपा दुरहन सकेर गुल्मीको नेटा फर्किँदै गर्दा दुर्घटना भएको हो ।