मंसिर भित्रै संघीय सरकारले शिक्षा नीति : शिक्षामन्त्री पोखरेल
महोत्तरी : मंसिर भित्रै संघीय सरकारले शिक्षा निति ल्याउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्। ऐन ल्याउन सरकार गृहकार्यमा जुटेको उनले बताए।
कस्तो संघीय शिक्षा नीति सरकारले बनाउनु पर्ने हो त्यसको लागि आफ्ना सल्लाह सुझाव पेश गर्न मन्त्री पोखरेलले आग्रह गरेका छन्।
महोत्तरीको गौशाला नगरपालिका-१ स्थित माध्यमिक विद्यालय रामनगरमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले जिल्ला जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई प्रदेश र संघीय सरकारको कामकाज गर्ने गरी शक्तिशाली बनाउने बताए।
जागिरे मानसिकताका शिक्षक र समय सान्दर्भिक ऐन कानुनको अभावमा सार्वजनिक शिक्षा ध्वस्त भएको शिक्षामन्त्री पोखरेलको भनाइ छ। ‘मंसिर भित्र संघीय सरकारले शिक्षा नीति ल्याउँदैछ,’ उनले भने, ‘काम नलाग्ने शिक्षक र विद्यालयको काम छैन।’
उनले नयाँ ऐनको काम भइरहेको प्रष्ट पारे। ‘पुरानो संरचान भत्काउने र नयाँ बनाउने काम सँगै भइरहेको छ’, मन्त्री पोखरेलले भने।
प्रतिक्रिया दिनुहोस !