सिन्धुलीगढीको पुनर्निर्माणका लागि गुरुयोजना निर्माण

सिन्धुलीगढीको पुनर्निर्माणका लागि गुरुयोजना निर्माण

सिन्धुली : ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवं पुनर्निर्माणका लागि गुरुयोजना निर्माण गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र कमलामाई नगरपालिकाको सहकार्यमा गुरुयोजना निर्माण सम्पन्न गरिएको हो। उक्त गुरुयोजना एनआरएनएका अध्यक्ष भवन भट्टले कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीलाई हस्तान्तरण समेत गरेका छन्।

झण्डै एक वर्ष लगाएर १६ करोड रुपैयाँको लागतमा सिन्धुलीगढीलाई ऐतिहासिक तथा कलात्मक शैली तर आधुनिक प्रविधिसहित निर्माण गर्न सक्ने योजना सहितको गुरुयोजना एनआरएनएले तयार पारी नगरपालिकालाई हस्तान्तरण गरेको खत्रीले जनाए। तत्कालीन ब्रिटिस साम्राज्यवादी अंग्रेजलाई हराउँदै नेपालको सार्वभौम र अखण्डता कायम गर्न बहादुरिता देखाइएको सिन्धुलीगढी किल्लालाई पहिलाकै अवस्थामा लैजान नगरपालिकाले गुरुयोजना निर्माण गरेको हो। गुरुयोजना अनुसार सिन्धुलीगढीको जिर्णाेद्धार एवं पुनर्निर्माणका लागि कूल १६ करोड लागत लाग्ने भएपछि कमलामाई नगरपालिकाले १० करोड रुपैयाँ जम्मा गर्न तयार रहेको समेत नगरप्रमुख खत्रीले बताए।

सिन्धुलीगढीको सानो पौवा, ठूलो पौवा, आड भन्ञ्याङ गढी दरबार, सानो र ठूलो किल्ला, पिकनिक स्पट, अतिथि गृह, पानी, शौचालय, पार्किङ लगायतका सुविधा सहितको ऐतिहासिक स्थलको पुनर्निर्माणका लागि गुरुयोजनामा समावेश गरिएको छ। सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले १८२४ कात्तिक २४ गते साम्राज्यवादी ब्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्वभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो।

नेपाली वीर गोरखालीले साम्राज्यवादी ब्रिटिस सेनालाई परास्त गराएको पनि दुई सय ५० वर्ष भइसकेको छ। तर, उचित संरक्षण र सम्वद्र्धनको अभावका कारण भग्नावशेष मात्र बाँकी छ। तत्कालीन समयमा सिन्धुली जिल्लाको पुरानो सदरमुकाम तथा पूर्व दुई नम्बर अड्डासमेत सिन्धुलीगढीमै थियो।

२०२२ सालपछि सदरमुकामलाई सिन्धुलीमाढीमा झारिएपछि गढीको संरक्षण हुन सकेको थिएन। तर, दुई वर्षभित्र गढीको पुनर्निर्माणका लागि एनआरएनएले समेत सहयोग गर्ने गरी अध्यक्ष भट्टले प्रतिवद्धता जनाएकाले गढीको पुनर्निर्माणपछि त्यस क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको एउटा टुकडी राख्ने गरी काम थालिने नगरप्रमुख खत्रीको भनाइ छ। यस्तै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न ऐतिहासिक स्थल सिन्धुलीगढीमा भ्यू टावर निर्माण गरिने भएको छ।

तत्कालीन ब्रिटिस साम्राज्यवादी अंग्रेजलाई हराउँदै नेपालको सार्वभौम र अखण्डता कायम गर्न बहादुरिता देखाइएको सिन्धुलीगढी किल्लालाई ‘वार टुरिज्म’ का रूपमा विकास गर्न भ्यू टावर निर्माण गर्न लागिएको हो।

पर्यटन क्षेत्रको विकास गर्न भन्दै प्रदेश ३ सरकारले सिन्धुलीगढी किल्लामा यस्तो भ्यू टावर निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख खत्रीले जानकारी दिए। यसका लागि प्रदेश सरकारले निर्णय गरेर आवश्यक प्राविधिक स्टिमेट तयार गर्ने निर्देशनसमेत आएको खत्रीको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.