हाते कागजबाट आत्मनिर्भर

हाते कागजबाट आत्मनिर्भर

फिदिम : फिदिम नगरपालिकाको लालीखर्क, कान्छिदोकान र सुम्निमा चोकका महिलाले हाते कागजबाट राम्रो कमाइ गर्न थालेका छन्। अर्गेलीको बोक्राबाट बनाइएको हाते कागज बिक्री गरेर यहाँका महिला आत्मनिर्भर बन्न थालेका हुन्।

कागज बिक्री गरेर मासिक ३५ हजारसम्म आम्दानी गरेको लालीखर्ककी निशा राइले जानकारी दिइन्। ‘कागज बिक्रीबाट राम्रो आम्दानी हुन्छ’, उनले भनिन्, ‘हेर्दा सामान्य लाग्छ तर यसको व्यापारबाट नसोचेको कमाइ हुन्छ।‘ कम मेहनत, थोरै लगानी र छोटो समयमा हाते कागजबाट आम्दानी लिन सकिने भएपछि महिलाले घरमै कागज उद्योग सञ्चालन गरेका छन्।

जंगलमा पाइने अर्गेलीको बोक्राबाट बनाइने हाते कागज तयार गन थोरै समय दिए पुग्छ। महिलाले घरको काम सकेर बेचेको समयमा हाते कागज तयार गर्छन्। उच्च गुणस्तर र कम गुणस्तरको गरी दुई किसिमको कागज तयार गर्ने गरेको उनीहरू बताउँछन्। ‘लेख्ने कामका लागि प्रयोग गर्न राम्रो गुणस्तरको कागज तयार गरिन्छ’, सुम्निमा चोककी जुनु राईले भनिन् ‘फाइल बनाउन कम गुणस्तरको कागज तयार गरिन्छ।’

कम मेहनत, थोरै लगानी र छोटो समयमा हाते कागजबाट आम्दानी लिन सकिने भएपछि महिलाले घरमै कागज उद्योग सञ्चालन गरेका छन्।

लेख्न तयार गरिएको कागज प्रतिगोटा ३५ रुपैयाँ र फाइल बनाउन तयार गरिएको कागज प्रतिगोटा तीन रुपैयाँले बिक्री हुन्छ। हाते कागजलाई नेपाली कागजको नामले पनि चिनिन्छ। गाउँमा तमसुक लेख्न र अदालती काम काजका लागि हाते कागजको प्रयोग गर्ने गरिएको छ।

लालिखर्क, सुम्निमा, कान्छिदोकान र पौवा भञ्ज्याङ क्षेत्रमा उल्लेख्य मात्रामा अर्गेली पाइने भएकाले यहाँका प्रत्येक घरमा हाते कागज उद्योग सञ्चालन गरिएको छ। महिलाले सञ्चालन गरेको कागज उद्योगबाट उनीहरूले राम्रो आम्दानी लिने गरेका हुन्। एकपटक रोपेपछि वर्षौंसम्म अर्गेलीबाट आम्दानी लिन सकिने भएकाले कागज उद्योग फष्टाउँदै गएको सुन्निमाकी स्मिता राईले बताइन्। ‘कागज उद्योग फष्टाउँदै गएको छ’, उनले भनिन्, ‘कागज उद्योगबाट महिला आत्मनिर्भर बन्दै गएका छौं।’

यस क्षेत्रका प्रत्येक घरका महिलाले कागज उद्योग सञ्चालन गरेका हुन्। घरमै तयार गरिएको कागज घरबाटै बिक्री हुने उनीहरूको भनाइ छ। ‘हाते कागजका लागि ठूलो लगानी गर्नु पर्दैन’, स्मिता भन्छिन्, ‘घर बसेरै राम्रो आम्दानी लिन सकिने भएकाले यो पेसाबाट महिला आत्मनिर्भर भएका छौं।’ राम्रो आम्दानी हुन थालेपछि यहाँका प्रत्येक घरमा कागज उद्योग सञ्चालन गर्न थालिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.