राजा वीरेन्द्रको आत्माले शान्ति पाएन? पूजाको तयारी

राजा वीरेन्द्रको आत्माले शान्ति पाएन? पूजाको तयारी

सन्धिखर्क : स्वर्गीय राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीको डिभर्नाकी एक महिलाले पूजा लगाउने भन्दै सामग्री जुटाएकी छन्। सन्धिखर्क नगरपालिका- १२ लहरेबाध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले  आफूलाई राजाको नाममा पूजा लगाइदिनू भनेपछि पूजा लगाउन सामाग्री जुटाएको बताएकी छन्।

पूजा गर्नका लागि रेखी, प्रसाद, जौ, तील, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती , चकटी, चामल, महाप्रसाद, ध्यु, तेल, हवन सामाग्री सबै तयार पारेकी छन्। स्वर्गीय राजाको तर्पण गर्न आवश्यक २ तमौरा तथा पिण्डका लागि खीर पकाउन ताउली समेत उनले जुटाएकी छन्। 

स्वर्गीय राजा वीरेन्द्रको हत्या भएकै ठाउँमा पूजा लगाउनुपर्ने भएकाले त्यसका लागि उनले सरकारसँग पहल गरिदिन माग गरेकी छन्। सामाग्री सबै तयार छ। सरकारका मन्त्री समेत उपस्थित भएर पूजा गरेमा राजाको आत्माले शान्ती पाउने राजा तथा देवताले बताएको उनको भनाइ छ। 'एक वर्ष लगाएर सामग्री तयार पारेँ,' उनले भनिन्, 'सामग्री तयार पार्दा कसैलाई केही नभन्नु भनेकाले अहिलेसम्म गोप्य राखेकी हुँ।'

' राजा र भगवानले अब भन्न सक्छौं भनेपछि मैले मिडिया गुहारेकी हुँ। उनले भनिन्, 'तपाईँले समाचार प्रकाशित गरिदिए सरकारकहाँ पुग्छ होला।' सूर्य भगवानले भनेअनुसार सात हातको २१ सय २१ सराको बत्ती बनाएको र त्यो बत्ती कात्तिकको औंसीमा बाल्न सकेमा राम्रो हुने देवताले बताएको उनले बताइन्। कात्तिकको औंसी अथवा माघको औंसीमा पूजा लगाएर सात हातको २१ सय २१ सराको बत्ती बाल्नुपर्ने बताए।

यो कुरा सरकारसमक्ष पुर‍याइदिन सबैसँग उनले पहल गरिदिन आग्रह गरेकी छन्। दशमीको तिथिबाट पूजा लगाएर औंसीको दिन बत्ती जलाएमा सबैभन्दा राम्रो हुने उनको भनाइ छ। स्वर्गीय राजा त्रिभुवन  सपनामा आएर झाँक्रीलाई पाठो, देवीलाई फरहरा,, राजगद्धीको सत्यता हरायो,, भत्कियो धरहरा भनेर गीत समेत गाउने गरेको उनले बताइन्।

उनले कपालमा जटा बनाएकी छन्। भगवानले ननुहाउनू भनेकाले उनले नुहाएकी पनि छैनन्। भगवानले भनेअनुसारकै कपडा लगाउने गरेको उनले बताइन्। उनका श्रीमानको मृत्यु भइसकेको छ।सरकारले दशमीबाट पूजा लगाएर औंसीमा आफूले बनाएको २१ सय २१ सराको बत्ती बालेमा वीरेन्द्रको आत्माले शान्ति पाउने उनले बताएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.