कपिलवस्तुमा बन्चरोले हानेर श्रीमतीको हत्या

कपिलवस्तुमा बन्चरोले हानेर श्रीमतीको हत्या

तौलिहवा : कपिलवस्तुमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। जिल्लाको शिवराज नगरपालिका-१ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका हुन्। आइतबार राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय बसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

मजदुरी गरी खाने परियारले मादक पदार्थ सेवन गरी सधैं घरमा झगडा गर्दै आएका थिए। आइतबार राति छोराछोरी सुतिसकेको अवस्थामा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए। हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

शव पोस्टमाटमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियारका दुई छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.