भन्सार छलेर ल्याउँदै गरेको कंक्रिट मिक्सर बरामद
तौलिहवा : कपिलवस्तुमा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएको कंक्रिट मिक्सर मेसिन प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा क्षेत्रको यशोधरा गाउँपालिका-६, पुर्निहवामा नम्बर नभएको ट्याक्टरले ३ लाख पर्ने कंक्रिट मिक्सर मेसिन जडान गरी सीमा क्षेत्र पार गर्दै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अवैध ढंगबाट सीमा नाका पार गर्दै गर्दा बरामद गरेको ट्याक्टरमा नम्बर नभएको र चेसिस नं. डीएफ १४४८०११६ तथा इन्जिन नं.०२०२९२०५/१० रहेको छ।
पक्राउ परेको समान कृष्णनगर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ।ट्याक्टर चालक मायादेवी गाउँपालिका -४ का २३ वर्षीय कृष्ण यादवलाई समेत पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !