अपडेट : कपिलवस्तुमा सवारी दुर्घटना, मृतकको संख्या तीन, ११ जना गम्भीर

अपडेट : कपिलवस्तुमा सवारी दुर्घटना, मृतकको संख्या तीन, ११ जना गम्भीर

तौलिहवा : कपिलवस्तुको गोरुसिंगेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाकोे बुद्धभूमि नगरपालिका वडा नं. २ मा बस र टिप्पर एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या तीन पुगेको हो । 

मृत्यु हुनेमा दाङ गढवा ४ की पूजा नेपाली र गढवा ४ का ४ वर्षीय शुसान्त सुनार रहेका छन । मृतक अर्का एक जनाको अझै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन । जस मध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावलले जानकारी दिए । त्यसमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन् । घटना दिउँसो साढे दुई बजेको आसपास भएको हो । दुर्घटनापछि सडक केही समय अबरुद्ध भएको थियो । अहिले सवारी सुचारु भएका छन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.