कालिकोटको मेहेलमुडी छोउगोठ मुक्त क्षेत्र
कालिकोट : शान्नित्रिवेणी गाँउपालिकाको मेहेलमुडीलाई छाउगोठ मुक्त क्षेत्र घोषणा गरिएको छ ।
वडा नम्बर ४, ५ र ६ पर्ने मेहेलमुडी क्षेत्रलाई स्थानीय महिला तथा जनप्रतिनिधिहरुको अगुवाइमा छाउगोठ मुक्त क्षेत्र घोषणा गरिएको हो । साहास नेपाल नामको संस्थाको सहयोगमा शान्नित्रिवेणी गाँउपालिकाका जनप्रतिनिधि मिलेर एक कार्यक्रम नै आयोजना गरी घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा अधिकांश स्थानीय महिला सहभागी थिए ।
यसअघि नै यस गाउँपालिकाले छाउपडी प्रथा मुक्त गाँउपालिका बनाउने अभियान सार्वजनिक गरिसकेको थियो । अभियानको पहिलो चरणको कार्यक्रम अन्तरगत तीन वटा वडाहरुलाई एकैसाथ छाउगोठ मुक्त क्षेत्र घोषणा गरिएको हो ।
शान्नित्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाही, उपाध्यक्ष होईजा बुढा लगायत जनप्रतिनिधि लगायत स्थानीय महिला अगुवाहरुले केही दिन अघिदेखि नै मेहेलमुडीका छाउगोठ भत्काउँदै आएका थिए ।
यस अभियानमा स्थानीय बाल क्लव, महिला संजाल लगायत स्थानीय अगुवाहरुको पनि सक्रियतापूर्ण सहभागिता रहेको बताइएको छ । छाउपडी प्रथा मुक्त क्षेत्र घोषणासँगै मेहेलमुडीका स्थानीयहरुले ७ बुँदे ७ प्रतिबद्धता समेत जारी गरेका छन् । कार्यक्रममा जनचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !