बाँदरलाई ‘झ्यालखाना’

बाँदरलाई ‘झ्यालखाना’

कुश्मा : जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ। पर्वतको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो। ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो। र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो ।

सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले सुरुमा हस्ताक्षर संकलन गरे। त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे। त्यो सर्वसम्मत पारित भयो। ‘अनि हामीले तत्कालै भारतबाट बाँदरविद् बोलाएर नियन्त्रण थाल्यौं’, गाउँपालिका अध्यक्ष राजु पौडेलले बताए। अध्यक्ष पौडेलका अनुसार बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो ।

‘दोस्रो गाउँसभाबाट बजेट छुट्ट्यायौं’, गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले भने, ‘६ वटै वडामा बाँदर नियन्त्रण अभियान चलाइरहेका छौं ।’ दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाख रुपैयाँ छुट्याएको थियो। गाउँसभाले भारतीय नागरिक, स्थानीय र प्रहरी गरी बाँदर समात्न २० जना परिचालन गरेको छ ।

समातिएका बाँदरलाई पाखापानीमा सुरक्षित खोर बनाएर जेलमा जस्तै गरी थुनेर राखिएको छ। तिनलाई बर्दिया राष्ट्रिय निकुञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुराकानी भएको उचैले बताए। ‘प्रदेश सरकार, वन विभाग, मन्त्रालयलगायत दर्जनभन्दा बढी निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन सकिएको छैन’, उनले भने ।

बाँदर समातिएपछि बालीनाली जोगिए पनि यिनीहरूलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधोपचार गर्न समस्या परेको प्रवक्ता उच्चैले सुनाए। पक्रिएका बाँदरलाई खुवाउन दैनिक दानापानी स्थानीयले फलफूल, मकै, धान, तरकारी र आलु सहयोग गर्दै आएका छन् । ‘समातिएका बाँदरलाई खुवाउन दैनिक ५० किलोग्रामभन्दा बढी खाद्यान्न आवश्यक पर्छ’, अध्यक्ष पौडेलले भने। बाँदर नियन्त्रणमा लिन दैनिकजसो कर्मचारी परिचालित हुने गरेका छन्। उनीहरूले आधुनिक प्रविधिको पासो प्रयोग गरी बाँदर नियन्त्रणमा लिँदै आएका छन् ।

गाउँपालिकाका ६ वटै वडामा गरी हजारभन्दा बढी संख्यामा बाँदर रहेको अनुमान छ। भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र हो श्राङ्दीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेको महाशिला–५ की स्थानीय सरस्वती अधिकारीले बताइन् ।महाशिलाको साढे ४९ वर्गकिमि क्षेत्रफलमध्ये करिब २५ वर्गकिमि खेतीयोग्य जमिन छ। बाँदर आतंककै कारण केही वर्षयता कतिपय किसानले बाली लगाउनसमेत छाडेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.