प्रदेश नामकरण नहुँदा गलत नक्सा

प्रदेश नामकरण नहुँदा गलत नक्सा

काठमाडौं : चार वटा प्रदेशका नाम नटुंगिँदा नयाँ नक्सा बनाउन समस्या भएको छ। कर्णाली, गण्डकी र सुदूरपश्चिमको मात्र नामकरण भएको छ। प्रदेश १, २, ३ र ५ को बाँकी छ। यसले गलत नक्सा प्रयोग भइरहे पनि सच्याउन नसकिएको नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले बताए। ‘नक्सा बनाउने तयारी अवस्थामा छौं ’, स्थलरूपी नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुखसमेत रहेका श्रेष्ठले भने।

पुराना नक्सामा कालापानीको ६२ वर्गकिलोमिटर क्षेत्रफल गायब छ। लामो समयदेखि यिनै नक्साबाट विद्यार्थीलाई पढाउने काम पनि भइरहेको छ। प्रदेशको नामकरण हुनेबित्तिकै नयाँ नक्सा बनाइने उनी बताउँछन्। विभागले १० हजारको संख्यामा नक्सा बनाउने तयारी गरिरहेको उनले जानकारी दिए। नयाँ नक्सा बनाएर सरकारी कार्यालय र शैक्षिक संस्थालाई वितरण गरिनेछ।

निसान छापमा कालपानी गायब भएको नक्सा देशभर प्रयोग भइरहेको समाचार अन्नपूर्ण पोस्ट्मा छापिएपछि विभागले पहिलो चरणमा कार्यदल बनाएरै सिंहदरबारको अनुगमन गरेको छ। अनुगमनपछि सिंहदरबारभित्र रहेका गलत नक्सा निकालिएको छ।

अनुगमनको प्रतिवेदनसमेत तयार भइरहेको श्रेष्ठले बताए। विभागले दोस्रो चरणमा बजार र प्रकाशन गृहमा अनुगमन गर्ने उनको भनाइ छ।

गुगलमा पनि गलत नक्सा

गुगलमा समेत गलत नक्सा प्रयोग भएको छ। त्यहाँ कालापानी र लिपुलेकलाई विवादित देखाइएको छ। यस्ता विषयमा सरकारले गुगलसँग कुरा उठाउनुपर्ने नेपालको सीमासम्बन्धी अध्ययन गरिरहेका रतन भण्डारी बताउँछन्।

नक्सा जस्तो राष्ट्रियता एवं अखण्डताको विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। ‘गुगलमा गलत नक्सा छ, विश्वले यही नक्सा प्रयोग गर्छ, त्यसकारण सरकारले त्यसमा गम्भीर भएर कुरा गर्नुपर्छ’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.