अख्तियारको चासोमा अधिकृत

अख्तियारको चासोमा अधिकृत

फिदिम : फिदिम नगरपालिकाका लेखा अधिकृत पेम्बा शेर्पाले मृत्यु भइसकेका व्यक्तिहरूको नामको सामाजिक सुरक्षा भत्ता आफ्नो नीजि खातामा जम्मा गरी दुरुपयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको छ।

मृतकको नामको भत्ता लेखापालको खाता शिर्षकमा आइतबार अन्नपूर्ण पोष्टले समाचार प्रकाशन गरेपछि लेखापालको कार्यशैलीप्रति अख्तियारले चासो राखेको हो। आयोगको इटहरी क्षेत्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालय पाँचथरलाई मंगलबार पत्र लेखि आवश्यक छानबिन गर्न भनेको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार लेखापालको उक्त कार्याको विषयमा अख्तियारले चासो बढाएको छ।

जिल्ला प्रशासनलाई आवश्यक छानबिन गर्न अख्तियारले पत्र पठाएको छ। ‘मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकाशा गरी लेखापालको नीजि खातामा कसरी जम्मा गरीयो भन्ने विषयमा छानबिन सुरु गरिएको छ,’ अधिकारीले भने ‘यो विषयमा छानबिन गर्न सहायक प्रजिअ दिनानाथ लम्साललाई अख्तियारी दिइएको छ।’

अख्तियारको पत्र अनुसार लम्सालले अनुसन्धान गर्ने अख्तियारी पाएपछि बुधबार नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता विवरण सम्बन्धीका कागजात छानबिनका लागि लिएका छन्। ‘नगरपालिकाको लेखा फाँटबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिइएको छ,’ लम्सालले भने ‘सात दिन भित्रमा आवश्यक छानबिन गरिनेछ।’

यसअघि नगरपालिकाले पनि आन्तरिक छानबिन समिति गठन गरी शेर्पामाथि छानबिन सुरु गरेको छ। फिदिम नगरपालिका वडा नंं. ३ का वडाध्यक्ष तथा लेखा समितिका संयोजक नरेन्द्र गुरुङको संयोजकत्वमा गठित छानबिन समितिले आवश्यक कदम अघि बढाएको बताइएको छ। ‘बैंकहरूलाई स्टेटमेन्ट माग्ने काम भइरहेको छ,’ गुरुङले भने ‘कतिपय बैंकहरूले स्टेटमेन्ट दिएका छन् भने कतिपय बैंकले माथिको आदेश चाहिने भनेर स्टेटमेन्ट दिएका छैनन्।’ माछापुच्छ्रे बैंक फिदिम शाखाले माथिको अनुमति बिना स्टेटमेन्ट दिन नसकिने बताएको गुरुङले जानकारी दए।

नगरपालिकको आन्तरिक छानबिन समितिले राष्ट्रिय बाणिज्य बैंक, एनएमबी बैंक फिदिम शाखाबाट भने स्टेटमेन्ट लिइसेको छ। ग्लोबल आइएमइ बैंक फिदिम शाखाले दिने तयारी गरेको बताइएको छ। छानबिको दायरामा रहेका लेखा अधिकृत शेर्पाको हस्ताक्षरबाटै नगरपालिकाले खाता सञ्चालन गरिरहेको छ। आर्थिक अनियमिततामा मुछिएका लेखा अधिकृतबाटै खाता सञ्चालन गरिएकाले थप अनियमितताहरू लुकाउन सक्ने सर्वधारणको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.