सुदूरपश्चिममा पार्टी विवाद मिलाउन मन्त्रिपरिषद विस्तार

सुदूरपश्चिममा पार्टी विवाद मिलाउन मन्त्रिपरिषद विस्तार

धनगढी : प्रदेश सरकार गठन भएको एक वर्षसम्म पनि काम गर्न नसकेको भन्दै आलोचना खेपिरेको सुदूरपश्चिम प्रदेश सरकारले तेस्रो पटक मन्त्रीपरिषद विस्तारको तयारी गरेको छ ।

प्रदेश मन्त्रीपरिषदमा दुई जना राज्यमन्त्री र एक मन्त्री थप्ने तयारी भएको नेकपा पार्टी स्रोतले जनाएको छ । प्रदेश सभाको सदस्य संख्याको २० प्रतिसतसम्म मन्त्री नियुक्त गर्न सकिने संविधानमा उल्लेख भएअनुसार नेकपाले मन्त्रीपरिषद विस्तारको तयारी गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५३ सदस्य छन् । संविधानमा उल्लेख भएको प्रावधानअनुसार प्रदेशमा ११ जना मन्त्री बनाउन सकिने छ । अहिले मुख्यमन्त्री सहित ७ जना मन्त्री र एकजना राज्यमन्त्री गरी ८ जनाको मन्त्रीपरिषद छ ।

आन्तरिक विवादको विकल्प :
नेकपा एकीकरणका लागि जिल्ला–जिल्लामा आन्तरिक विवाद चर्किरहँदा असन्तुष्टहरुलाई मिलाउन पनि मन्त्रीपरिषद विस्तार विकल्प बन्नसक्ने अपेक्षा गरिएको छ ।

यसका लागि केही दिनअघि नै दुई नेता भीम रावल र लेखराज भट्टबीच अनौपचारिक सहमति भएको थियो । मन्त्रीपरिषद विस्तार गरी ११ जना बनाउने सल्लाह उनीहरुबीच भएको बुझिएको छ ।

२०७४ को माघ ७ गते सपथ खाएका मन्त्रीहरुले भने अहिलेसम्म सेवा सुविधा लिन भन्दा अरु केही काम नगरेको जनताको आरोप छ । दसैंअघि मात्रै प्रदेश मन्त्रीपरिषदमा तत्कालिन एमालको तर्फबाट कञ्चनपुरका प्रकाश रावल वन वातावरण उद्योग तथा पर्यटन राज्यमन्त्री नियुक्त भएका थिए । मन्त्रीपरिषद विस्तारको चर्चासँगै प्रदेशसभा सदस्यहरु दुई नेता रावल र भट्टकहाँ दौडधुप गर्न थालेका छन् ।

को को छन् दौडधुपमा ?
तत्कालिन माओवादी केन्द्रको नेता बझाङकी देवकी मल्लको नाम मन्त्रीपरिषदमा नियुक्त बन्ने अग्रपङ्तीमा छ । तत्कालिन एमालेबाट मन्त्री भए पनि अहिले नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नाम पनि चर्चामै छ ।

एमालेबाटै राज्यमन्त्रीका लागि दार्चुलाबाट गेल्बुसिंह बोहरा, डोटीबाट पूर्णा जोशी, कैलालीबाट नन्दबहादुर साउद र रतन थापाको नाम चर्चामा छ । स्रोतका अनुसार कैलाली र डोटीबाट मन्त्री थपिने सम्भावना न्इुन छ । यी जिल्लाको प्रतिनिधित्व यसअघि नै मन्त्रिपरिषदमा भएकाले दार्चुला र बझाङलाई प्राथमिकता दिने बुझिएको छ ।

डोटीका त्रिलोचन भट्ट स्यवं मुख्यमन्त्री छन् भने कैलालीबाट दीर्घ सोडारी सामाजिक विकास मन्त्री र विनिता चौधरी भुमीसुधार कृषि र सहकारी मन्त्री छन् । बैतडीबाट माया भट्ट बन वातावरण उद्योग तथा पर्यटन मन्त्री छन् भने कञ्चनपुरबाट प्रकाश रावल यही मन्त्रालयका राज्यमन्त्री छन् ।


असन्तुष्टि पनि :
नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भने सरकार विस्तारको कुरा हल्ला मात्रै भएको दावी गरेका छन् । उनले त्यस विषयमा कुनै सल्लाह नै नभएको जिकिर गरे ।

‘अहिले प्रदेश सरकार राम्ररी ‘फङ्सन’ मै आएको छैन, यस्तो अवस्थामा मन्त्रीपरिषद विस्तार कसरी सम्भव छ ?’ उनले भने, ‘जनताले विकास र समृद्धी चाहेका छन् । सरकार विस्तार भन्दा पनि काम गर्नु पर्छ सरकारले ।’ नेकपामा पार्टी ईञ्चर्ज भीम रावल, पार्टी अध्यक्ष कर्ण थापा सहितका नेताहरु यतिबेला प्रदेश र जिल्लामा पार्टी एकीकरणका लागि सुदूरपश्चिम आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.