च्याउ खेतीमा किसान आकर्षित, करोडौं आम्दानी

च्याउ खेतीमा किसान आकर्षित, करोडौं आम्दानी

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–६ धुरा बजारका रवि रम्तेलले च्याउ खेतीबाट महिनामै १ लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गरे ।

अरुको च्याउ बजारमा बेच्दै हिँड्ने रम्तेलले आफैँले व्यवसायिक च्याउ खेती सुरु गरेपछि मनग्य आम्दानी गर्न थालेका हुन् । ‘पहिले अरुको च्याउ बेच्दै हिँड्दा थोरै आम्दानी हुन्थ्यो । आफैँले च्याउ खेती गरेपछि आफ्नै च्याउ बेच्न भ्याइ नभ्याइ छ ।’ रम्तेलले भने ।

सुरुमा ५० प्याकेटबाट च्याउ खेती गर्न सुरु गरेका रम्तेलको टनेलमा अचेल १ हजार ३ सयवटा प्याकेट छन् । ती प्याकेटबाट दैनिकजसो ३० देखि ४० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ ।

बजारमा च्याउको मुल्य प्रति किलो २ सय रुपैयाँ छ । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि रवि अरुको च्याउ बेच्न छोडेर आफैँ खेती गर्न थालेको बताउँछन् । वर्षमै च्याउबाट १५ लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको उनको अनुभव छ ।

कमलामाई नगरपालिका–७ का खुस कुमार श्रेष्ठ पनि २ वर्षयता च्याउ खेती गर्दै आएका छन् । ४ सय प्याकेटसम्म च्याउ उत्पादन गर्न थालेका श्रेष्ठले पनि मासिक ५० हजार रुपैयाँ भन्दा बढी च्याउबाटै आम्दानी गर्न थालेका छन् ।

च्याउ खेतीमा उत्साही बनेका श्रेष्ठ अब छिट्टै एक हजार प्याकेटसम्म च्याउ उत्पादन गर्ने योजनामा छन् । यसबाट उनी वार्षिक आठ देखि दश लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

रम्तेल र श्रेष्ठ जस्ता कमलामाई नगरपालिकाका ३५ जना कृषकहरुले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । नगरपालिकाको जलकन्या, भद्रकाली, डाँडी, मधुटार, बर्देउटार, रानीचुरी, रानीवास लगायत क्षेत्रका अधिकांश कृषक अचेल च्याउ खेतीमा सक्रिय छन् । वर्षिक दुई करोड ५० लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उनीहरुको अनुभव छ । त्यसो त, जाडो याम च्याउ खेतीका लागि उपयुक्त मौसम मानिन्छ । भदौदेखि फागुनसम्म च्याउ खेती गर्नु उपयुक्त हुने बताइन्छ ।

कमलामाई नगरपालिकाको कृषि शाखाका प्रमुख देवीप्रसाद सापकोटाका अनुसार जिल्लामा बाह्रै महिना कन्य च्याउ र मौसम अनुसार रातो च्याउ समेत उत्पादन हुँदै आएको छ ।च्याउ खेतीका लागि सिन्धुलीको हावापानी उपयुक्त र बजारमा लैजान पनि सजिलो भएकाले यहाँका किसान यो पेशामा आकर्षित भएको शाखाका प्रमुख सापटोका बताउँछन् । प्रोटिन तथा मासुमा पाइने पौष्टिक तत्व च्याउमा पाइने भएकाले पनि पछिल्लो समय उपभोक्तामाझ च्याउ लोकप्रिय छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.