गाउँमै प्राविधिक शिक्षा

गाउँमै प्राविधिक शिक्षा

अछाम : साँफेबगर नगरपालिका-४ मष्टामाडौंस्थित जनकल्याण माविमा सिभिल इन्जिनियरिङ पढाइ सुरु भएको छ। सीटीईभीटीबाट सम्बन्धन पाएपछि १० असोज बाट पठनपाठनको अनुमति पाएको विद्यालय अध्यक्ष शिलोजबहादुर कुँवरले बताए।

बान्नीगढ जयगढ गाउँपालिकाका-१ गाज्राका प्रवेश खड्का प्राविधिक शिक्षा पढ्न एसईई दिएर वैशाखमा धनगढी गए। सिभिल इन्जिनियरिङ पढ्ने योजनासहित एक महिना उतै बसे। गाउँमै ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ पढाइ हुने सुनेपछि प्रवेश फर्किए। उनी जनकल्याण माविमा तीनवर्षे सबओभरसियर पढिरहेका छन्। आफूले चाहेको विषय गाउँमै पढ्न पाउँदा खुसी लागेको उनले बताए। उनले भने, ‘घरपरिवारसँग टाढा बस्नु परेन, खर्च पनि कम लाग्ने भयो। निकै खुसी लागेको छ।’

सिभिल इन्जिनियरिङ पढ्न जिल्लाबाहिर जाने योजना बनाएका रामारोशन गाउँपालिका-५ का भरत बटाला पनि घरनजिकै पढाइ हुने भएपछि रोकिए। ‘समयको माग र जनचाहनालाई ध्यानमा राखेर घरआँगनमै प्राविधिक शिक्षा सुरु गरेका हौं,’ अध्यक्ष कुँवरले भने। ४८ जनाको कोटा रहेको विद्यालयमा ४५ विद्यार्थी भर्ना भएका छन्।

जनकल्याण माविमा सिभिल इन्जिनियर पढ्न अछामसँगै बाजुरा, डोटी बझाङ, कैलालीलगायत जिल्लाबाट विद्यार्थी भर्ना भएका छन्। घरआँगनमै प्राविधिक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी निकै उत्साहित भएका छन्।

सूर्य, चन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक कालिमाटीमा ३ वर्षदेखि प्राविधिक शिक्षा कृषि बाली विज्ञान विषय पढाइ भइरहेको छ। विद्यार्थीलाई स्थानीयस्तरमै रोजगारको अवसर सिर्जना गर्न सकिने प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले बताए।

साँफेबगर नगरपालिकाभित्रका ५ विद्यालयमा प्राविधिक शिक्षा पढाइ भइरहेको छ। प्रभाधम्कोट मावि सिद्धेश्वरमा कृषि जेटीए, बेतालमाडौं माविमा पशु भेटेरेनरी र महेन्द्र मावि बयलपाटामा १८ महिने सब ओभरसियर पढाइ भइरहेको छ। यहाँका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि विद्यार्थीले गाउँमै अध्ययन गर्ने अवसर पाएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.