पाँच वर्षमा २४ बालबालिकामाथि चितुवा आक्रमण, १८ को मृत्यु

पाँच वर्षमा २४ बालबालिकामाथि चितुवा आक्रमण, १८ को मृत्यु

अर्घाखाँची : पछिल्लो पाँच वर्षमा यहाँ २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ । आक्रमणमा परी १८ जनाको ज्यान गएको छ ।

चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित छन् । छोटो समयमै धेरै बालबालिकामाथि चितुवा आक्रमण बढेपछि स्थानीयले जिल्ला प्रशासनसँग गुनासो पनि गरेका छन् ।

उनीहरुले बस्तीमै आउने चितुवालाई मार्न भनी आग्रह समेत गरेका हुन् । जंगलको बाटो भएर स्कुल जानुपर्ने हुँदा यहाँका बालबालिका स्कुल जानै डराएपछि स्थानीइ गुनासो गर्न बाध्य भएका हुन् । सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट लगायत क्षेत्रमा चितुवाको बढी प्रभाव बढेको बताइएको छ ।

चार वर्षयता नै पटक पटक जिउधनको रक्षाको लागि भन्दै स्थानीयले आग्रह गरेपछि बल्ल नरभक्षी चितुवा मार्न जिल्ला प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । पछिल्लो साता नै चितुवाको आक्रमणबाट ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको छ ।

नरभक्षी चितुवा मार्नको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी र बलका सुरक्षकर्मी सहित ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालबालिकाको घरमै गइ परिवारलाई समवेदना समेत प्रकट गर्ने बताइएको छ ।

किमडाँडा, सन्धिखर्क, खाँचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठूलो मानवीय क्षति भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न समेत माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.