सुर्खेतमा गरिबी परिचयपत्र बाँडियो
सुर्खेत : पहिलो पटक सुर्खेतमा गरिब परिचयपत्र वितरण गरिएको छ । सिम्ता गाउँपालिकाले आर्थिक रुपमा विपन्न तथा गरिब परिवारलाई परिचयपत्र वितरण गरेको हो ।
मंगलबार स्थानीय नागरिकको घरदैलोमै पुगेर संकलन गरिएको तथ्यांक अनुसार परिचयपत्र वितरण गरिएको सिम्ता गाउँपालिकाले जनाकाएको छ । गाउँपालिकाका ९ वटै वडाबाट संकलन गरेको विपन्नता स्तरीकरणको नतिजाअनुसार प्रमाणपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।
गरिबीलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरी प्रमाणपत्र वितरण गरिएको केसीको भनाइ छ । आगामी दिनमा गाउँपालिकाको गरिबीका आधारमा बजेट समेत विनियोजन गरिने बताइएको छ ।
यसका लागि गरिबीलाई नै आधार बनाएर १० वर्षे गुरुयोजना समेत निर्माण गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाको तथ्यांकका आधारमा सबैभन्दा धेरै गरिबी परिचयपत्र बाहुन र क्षेत्री समुदायका परिवारले लिएका छन् । जसअनुसार ३१ प्रतिशत बाहुन÷क्षेत्री, २७ प्रतिशत जनजाति र २९ प्रतिशत दलितले गरिवी परिचयपत्र लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !