जग्गा कित्ताकाट अनिनियमितामा अख्तियारले थाल्यो छानबिन

जग्गा कित्ताकाट अनिनियमितामा अख्तियारले थाल्यो छानबिन

काठमाडौं : जग्गा कित्ताकाटमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। काठमाडौंको कलंकी तथा ललितपुरका मालपोत र नापी कार्यालयले सरकारको निर्णयविपरीत कित्ताकाट गरेको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन प्रतिवेदनका आधारमा अख्तियारले पनि अनुसन्धान अघि बढाएको हो।

केन्द्रले गरेको प्रतिवेदनबारे अध्ययन भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। त्यसका अतिरिक्त अख्तियार समेत थप अध्ययनअनुसन्धान गर्ने उनको भनाइ छ। सरकारले कित्ताकाट रोकेको अवस्थामा प्लटिङजस्तै गरेर एउटै जग्गा १४ पटक कित्ताकाट गरिएको पाइएको छ। कंलकी शाखाअन्तर्गतको साविकको भीमढुंगा, मच्छेगाउँ, पुरानो नैकाप, दहचोक, डाँडापौवा, थानकोट, तीनथाना तथा ललितपुर शाखाअन्तर्गत थापागाउँ, धापाखेल, हरिसिद्धि, किटनी, गोदामचौर, लामाटार, लुभु, टीकाथली, सानागाउँलगायत ३ सयभन्दा बढी स्थानमा प्लटिङ जस्तै गरी जग्गा खण्डीकरण गरिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन आएपछि मन्त्रालयले पनि छानबिन गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए। ‘तर अहिलेसम्म मन्त्रालयमा प्रतिवेदन आएको जानकारी छैन’, उनले भने।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले २०७४ साउन २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिई कृषियोग्य जग्गा कुनै प्रकारले कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न÷गराउन नपाउने निर्णय गरेको थियो। सगोलका अंसियारबीच प्रचलित कानुनबमोजिम अंशबन्डा हुँदा र अदालतको फैसलाबमोजिम कित्ताकाट गर्न बाधा पर्न नहुने पनि निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.