बालुवा चोरी बढ्यो

बालुवा चोरी बढ्यो

तौलिहवा : कपिलवस्तुमा गिट्टी–बालुवा चोरी निकासी मौलाएको छ। बालुवाको अवैध निकासी रोक्न प्रहरी र स्थानीय तहले चासो देखाएका छैनन्। नदीजन्य पदार्थको वैध निकासी रोकिएपछि तस्करी मौलाएको हो। साउनदेखि नै सांगठनिक रुपमा बालुवा चोरी भइरहेको छ। यसलाई रोक्न जिल्लाबासीले स्थानीय तह र प्रहरीमा खबर गर्छन्। तर तस्करी रोक्न स्थानीय निकाय र प्रहरीले चासो नदेखाएको स्थानीयको आरोप छ।

वाणगंगा नदीअन्तर्गत सुठौली, मधुवन, कोइली बनगाई, उप्टहवा वरिपरिबाट बालुवा चोरी बढेको छ। केही व्यक्तिले बालुवा प्लट दर्ता गराएर रातभर बालुवा चोरेर थुपार्ने र दिउँसो बिक्री गर्छन्। प्लट व्यापारीले चोरीका बालुवा ट्रक, टिपर र ट्र्याक्टरमा हालेर रुपन्देहीसम्म पु¥याएर बेच्ने गर्छन्।

सरकारले जेठ मसान्तपछि नदीजन्य पदार्थको निकासीमा रोक लगाएको थियो। तर कपिलवस्तुमा बालुवा चोरीको क्रम रोकिएको छैन। बरु नदीजन्य पदार्थको वैध निकासी रोकिएपछि तस्करी ह्वात्तै बढेको छ। वाणगंगा नगरपालिकाले अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रण गर्न प्रहरीलाई आग्रह गरेको छ। यद्यपि प्रहरीले बेवास्ता गर्दै आएको छ। चोरी निकासी रोक्ने काम स्थानीय तहको भन्दै प्रहरी पन्छिने गरेको छ। प्रहरीले उल्टै समयमै ठेक्का लगाउन सुझाव दिने गरेको नगरपालिकाका कर्मचारीहरुको आरोप छ।

खासगरी वाणगंगा नदी, रामघाट, सगरहवा, भलवाडको धिरी खोला, सुरई र चिरईमा बालुवा बढी चोरी हुन्छ। राति खोलाबाट नदीजन्य पदार्थ चोरेर एक ठाउँमा थुपारिन्छ। त्यो अवैध माललाई बिहान प्लट व्यापारीहरुले बिल काटेर खुलेआम दोब्बर मूल्यमा बिक्री गर्छन्।

बालुवा चोरी निकासी बढेको उजुरीपछि नगरपालिकाले अनुगमन थालेको छ। केही सामग्री नियन्त्रण समेत गरिएको छ। वाणगंगा नदी किनारामा थुपारिएका बालुवा नियन्त्रणमा लिएको उपमेयर चक्रपाणि अर्यालले बताए। ‘नदीजन्य पदार्थको चोरी निकासी बन्द गर्ने अभियानमा छौँ,’ उनले भने, ‘यसमा सबैको सहकार्य जरुरी छ।’ प्रशासनको सहयोगले मात्र चोरी निकासी नियन्त्रण गर्न सकिने उनले बताए। साउनयता बालुवा चोर्ने दुई दर्जन ट्र्याक्टर नियन्त्रणमा लिइसकेको उनले बताए। यसबारे प्रशासनलाई आग्रह गरेको जानकारी उनले दिए।

जिल्ला प्रशासन कार्यालयले भने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई चोरी निकासी रोक्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बालुवा चोरी तस्करी नियन्त्रणमा प्रशासनको भरपुर सहयोग हुने बताए। ‘रातभरी नदीबाट बालुवा चोरेर प्लटमा जम्मा गर्ने र बेच्ने गरिएको सुनिन्छ। यसबारे स्थानीय तह बढी चनाखो हुन आवश्यक छ,’ उनले भने। ‘खोलानाला संरक्षणको जिम्मेवारी स्थानीय तहको हो।’ आफ्नो तर्फबाट प्रहरी गस्ती खटाइएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.