तानसेनको सिरुखर्कमा जीप दुर्घटना, बालकको मृत्यु, ७ घाइते
तानसेन : तानसेन तम्घास सडकको रिव्दिकोट गाउँपालिका-३ सिरुखर्कमा सोमबार बिहान लु २ च ५०३५ नम्बरको जीप दुर्घटना हुँदा १ जना मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा बरेङ गाउँपालिका-३ बाग्लुङका १ वर्षीय बालक अंकित दर्जी रहेका छन्।
उनको उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी जनाएको छ। यसैगरी घाइते हुनेमा सोही स्थानका २० वर्षीय कमल दर्जी, ५० वर्षीया सरस्वती दर्जी, ४३ वर्षीय यमबहादुर नेपाली, २४ वर्षीय विष्णु सुनार, ६३ वर्षीय तुलबहादुर परियार, २१ वर्षीया कमला परियार र चालक २१ वर्षीय मुक्तबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरे बताए।
घाइतेहरुको टाउको र हात खुट्टा र पेटमा चोटपटक लागेको छ। सरस्वती र यमबहादुरको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। वाग्लुङ्गदेखि बुटवलतर्फ जाँदै गरेको बलेरो जीप अनियन्त्रित भइ सडकदेखि १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते सबैको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !