कसरी छिरे नक्कली राहदानीमा इरानी ?

कसरी छिरे नक्कली राहदानीमा इरानी ?

काठमाडौं : लाटभियाको नक्कली राहदानीमा नेपाल छिरेका इरानी नागरिक हमिद रेजालाई अध्यामगन विभागले निस्कासन गरेको छ। विभागले उनको नेपाल प्रवेशबारे पर्याप्त अनुसन्धान नगरी निस्कासनको निर्णय गरेको छ ।

अध्यागमनले हमिदलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशनको निर्णय गरेको छ। उनलाई सोमबार ओमान एयरबाट इरान फिर्ता पठाइएको छ। स्पेन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट पक्राउ परेका उनका बारेमा छानबिन गर्दा नक्कली राहदानी भएको खुलेको थियो।

९ दिने काठमाडौं बसाइमा उनले कसलाई भेटे र के गरे भन्ने रेकर्ड कुनै निकायसँग छैन। त्रिवि अध्यागमनका कर्मचारीले नक्कली राहदानीमै ३० दिनको भिसा दिएका थिए।

अध्यागमन कार्यालयमा बायोमेट्रिक्ससहितको सफ्टवयेर प्रणाली नहुँदा संदिग्ध व्यक्ति सहजै नेपाल छिर्ने गरेका छन्। अध्यामगन विभागले हमिदलाई निस्कासन गरेपनि नक्कली राहदानीमा भिसा लगाइदिने अध्यागमन कर्मचारीलाई कारवाही गर्ने/नगर्ने विषयमा प्रष्ट भइसकेको छैन। अध्यागमन नाकाहरूमा बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवयेर राख्ने मन्त्रिपारिषद्ले निर्णय गरे पनि गृह मन्त्रालयले कार्यान्वनमा ढिलाइ गर्दा संदिग्ध व्यक्तिको आवागमनमा सहज भएको छ।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यागमनमा बायोमेट्रिक्ससहितको सफ्टवयेर प्रणाली राख्ने निर्णय गरेको थियो।

इरानी नागरिक हमिदले एलेक्स जेन्डरको नामबाट लाटभियाको नक्कली राहदानीमा नेपाल छिर्न सफल भएका हुन्। बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवयेर प्रयोगमा आएको भए हमिद त्रिवि अध्यागमनमा नै पक्राउ पर्थे।

अध्यगमन अधिकारीसँगको बयानमा उनले नेपाल हुँदै स्पेनको मड्रिड जान लागेको बताएका छन्। स्पेन जान किन नेपालको बाटो रोजेको बारेमा भने उनले केही बताएका छैनन्। हमिदले टर्कीको इस्तानबुलमा रहेका एजेन्टले दुई हजार अमेरिकी डलरमा लाटभियाको राहदानी दिएको बताए।

अध्यागमनले उनलाई फिर्ता पठाए पनि नक्कली राहदानीमा नेपाल आउनुको कारण र उनको थप कनेक्सनबारे अनुसन्धान गरेको छैन।

इस्तानबुलका एजेन्टले इरानको तेहरानका हमिदलाई लाटभियाको नक्कली राहदानी पठाइदिएका थिए। तेहरानबाट इरानी राहदानीमा प्रस्थान (डिपार्चर) अनुमति लिएका हमिदले इस्तानबुलबाट पनि सोही राहदानीमा काठमाडौंका लागि प्रस्थान अनुमति लिएका थिए। काठमाडौं ओर्लिएपछि उनले इरानको राहदानी लुकाएर लाटभियाको नक्कली राहदानीमा आगमन (अराइभल) अनुमति लिएका थिए। त्रिवि अध्यागमन कार्यालयका अध्यागमन अधिकृतले हमिदले प्रयोग गरेको राहदानी नक्कली भएको पत्तो पाएनन्। उनीहरूले निर्धक्क लाटभियाको नक्कली राहदानीमा आगमन अनुमति दिए।

हमिद इस्तानबुल हुँदै कात्तिक १२ मा काठमाडौं आएका हुन्। कात्तिक २० गते मड्रिड जाने क्रममा त्रिवि अध्यागमनमा उनी पक्राउ परेका हुन्। त्यसबेला मात्र त्रिवि अध्यागमन कर्मचारीले लाटभियाको उनको राहदानी शंकास्पद भएको पत्तो पाएका थिए।

अध्यामगनका कर्मचारीले सोधपुछ गर्दा उनका साथबाट इरानको राहदानीसमेत फेला पारेका थिए। त्यसपछि मात्र त्रिवि अध्यागमन कर्मचारीले लाटभियाको नक्कली राहदानीमा आफूहरूले हमिदलाई भिसा दिएको पत्तो पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.