पेस्तोल र गोलीसहित दुई जना पक्राउ

पेस्तोल र गोलीसहित दुई जना पक्राउ
सुन्नुहोस्

राजविराज : सप्तरीको खडक नगरपालिका-८ भदैयाबाट पेस्तोल र गोलीसहित सप्तरी र धादिङका दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा सप्तरीको सुरूङगा नगरपालिका-६ श्रीपुरका ४५ वर्षीय बिशेश्वर प्रसाद साह र धादिङको रुबीभ्याली-५ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बिच बहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ। 

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक सुभेश अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सप्तरीको बोदे बर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स ६ प ५९०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार साह र तामाङ पक्राउ परेको प्रहरी निरीक्षक अधिकारीले बताए। 

उनीहरूबाट एक थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोली र दुई थान म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीका प्रहरी निरीक्षक अधिकारीका अनुसार शनिबार बिदा भएकाले आइतबार आरोपितहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही अगाडि बढाइने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.