असारभित्र शान्ति प्रक्रियाले पूर्णता पाउने प्रचण्डको दावी
चितवन : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने बताएका छन्। द्वन्द्व पीडितका लागि न्यायसहितको प्याकेजले सम्बोधन हुने बताए। बुधबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दाहालले शान्ति प्रक्रिया पूरा गर्ने गृहकार्य भएको बताए। 'राजनैतिक तथा कानुनी तहमा गम्भीररुपमा गृहकार्य भइरहेको छ, दाहालले भने, ' संयुक्त राष्ट्रसंघमा दिनुभएको सम्बोधनले पनि प्रधानमन्त्रीको चाहना त्यही देखिएको छ।
शान्ति सम्झोता भएको १२ वर्ष पुगिसक्दा पनि प्रकिया पुरा नभएको प्रसंगमा दाहालले आउँदो जेठ असारभित्रमा परिपूराण सहित टुङ्गाउने बताए। उनले सत्यनिरुपण र बेपत्तासम्बन्धी आयोगबाट समाधान गर्ने गरी काम भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !