रंगशालाको जग्गामा प्रहरी अतिक्रमण

रंगशालाको जग्गामा प्रहरी अतिक्रमण

धनगढी : धनगढी रंगशालाको चार कठ्ठा जग्गा वडा प्रहरी कार्यालयले अतिक्रमण गरेको छ। २०५१ सालदेखि वडा प्रहरी कार्यालय बसेकाले त्यहाँ बनेको प्याराफिट पनि ४५ मिटर पश्चिम सारिएको छ। छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि २०६८ सालदेखि धनगढी रंगशालामा भौतिक पुर्वाधार निर्माण सुरु भएको हो।

२०६८ सालमा एक हजार सात सय क्षमताको भीआईपी प्याराफिट र दुई हजार पाँच सय क्षमताको दर्शक प्याराफिट निर्माण भएको थियो। दर्शक प्याराफिट ४५ फिटजति पश्चिम सारिएको छ। जिल्ला खेलकुद विकास समिति कैलालीको नाममा धनगढी उपमहानगरपालिका– १ मा आठ कठ्ठा जग्गा छ।

त्यस्तै टीकापुर नगरपालिका–५ मा २३ बिघा जमिन छ। धनगढी रंगशाला रहेको झण्डै सात बिघा १५ कठ्ठा जग्गाको लालपुर्जा छैन। तर त्यो समितिको भोगचलनमा छ। धनगढी नगरविकास समितिको नाममा रहेको धनगढी रंगशालाको दक्षिणी क्षेत्रको चार कठ्ठा जग्गामा वडा प्रहरी कार्यालय छ। वडा प्रहरीलाई हटाए धनगढी उपमहानगरपालिका–१ मै रहेको आठ कठ्ठा जग्गा दिनुपर्ने माग गरिएकोले प्रहरीलाई हटाउन नसकिएको समितिका अध्यक्ष दिपकबहादुर सिंहले बताए।

अहिले पनि वडा प्रहरी कार्यालय खेलकुदले भोगचलन गरिरहेको जमिन धनगढी रंगशालाकै नाममा छ। ‘वडा प्रहरी कार्यालय पनि नगरको सुरक्षामा खटिने भएकाले हामीले २०६८ सालमा प्यारफिट बनाउँदा प्रहरीलाई हटाउन खासै जोड गरेनौं,’ सिंहले भने। राखेपले धनगढी रंगशालामा अर्को प्याराफिट बनाउन टेन्डरको तयारी गरेको छ। ‘अर्को प्याराफिट बन्यो भने वडा प्रहरीको भान्सा र शौचालय भत्किने सम्भावना छ,’ सिंह भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.