पर्यटकीय स्थल बन्दै शान्ति बगैचा

पर्यटकीय स्थल बन्दै शान्ति बगैचा

सन्धिखर्क : मंसीर महिना । दिन प्रतिदिन  चिसो बढ्दै छ।  बिहानै झिसमिसेमा चिसोसँगै मानिस सिउसिउ गरेर काममा हिड्न बाध्य छन्। अझ सन्धिखर्कमा खोलाको सिरोठो र धुधीले अबेलासम्म घाम देख्‍नै पाइँदैन। तर  एका बिहानै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्कको मुटुमा रहेको शान्ति बगैचामा पानी लगाउँदै गरेका देखिए।

एक दिन मात्र हैन प्रायजसो बिहानै बगैचामा जाने, फूल तथा रुखको अवस्था बुझ्ने, पानी हाल्ने उनको दैनिकी बनेको छ। उनी बिहान बेलुका शान्ति बगैचामा गएर फूलहरुसँग समय बिताउने गर्दछन्।

सन्धिखर्क नगरपालिकाको पहलमा शान्ति बगैचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ।अभियान सुरु भएको केही महिनामै बगैचाको मुहार नै फेरिएको छ।पहिलो चरणमा शान्ति बगैचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो।

पर्यटकलाई आकर्षित गर्नका लागि बगैचालाई व्यवस्थित र थकान तथा पीडामा रहेका मानिसको थकाइ र पीडा पार गर्ने खालको शान्ति बगैचा बनाउन नगरपालिका र स्थानीय लागिपरेका छन्।  

सन्धिखर्क बजारको बीचमा रहेको शान्ति बगैचामा आँपका रुख मात्र रहेका थिए। यसलाई नयाँ योजनाका साथ आँपका रुखसँगै व्यवस्थित गरेर प्रमुख पर्यटकीय शान्ति क्षेत्रको रुपमा विकास गर्न थालिएको हो। 

शान्ति बगैचामा बुद्धको मूर्ति राखिएको छ।सबै क्षेत्रमा फूल, पानीका फोहोरा, तथा उद्यान पार्कको रुपमा विकास गर्न थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए।

उनले शान्ति बगैचालाई व्यवस्थित गरेर नयाँ संरचनाका साथ निर्माण गरेर अशान्ति भएको समयमा बगैचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए। पानीको फोहोरा, गणेश मन्दिर, बालयुवा तथा वृद्धवृद्धामैत्री पूर्वाधार विकास गर्ने, हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडी बढाएको नगर प्रमुख भुसालको भनाइ छ।
 
फुलबारी, बाल उद्यान, बस्ने तथा बसेर आनन्द लिने स्थानको रुपमा विकास गर्नका लागि सन्धिखर्क नगरपालिकाले गत वर्ष ३५ लाख रकम विनियोजन गरी काम गरेको थियो।रकम अभावले सोचेअनुसारको काम नहुने भएपछि यस वर्षका लागि १० लाख रकम विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले बताए। 

बगैचामा लगाउनका लागि भैरहवाबाट अशोका, क्रिसमस ट्री, धुपी सल्लालगायतका बिरुवा ल्याएर लगाइएको छ। पर्यटकीय स्थल बनाउन सन्धिखर्क नगरपालिकासँगै बजारबासी पनि लागिपरेका छन्।

देशकै नमूना बगैचा बनाउने योजना रहेको सन्धिखर्क नगरप्रमुख भुसालको भनाइ छ। सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई आकर्षित गर्नका लागि बगैचाको नयाँ व्यवस्थापन गर्न थालिएको हो।

दैनिक रुपमा झण्डै ५ सय मानिसले बगैचा अवलोकन गर्न आउने गरेका छन्।  दैनिकरुपमा हजारौं पर्यटक भित्राउने योजनामा स्थानीय जुटेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.