‘पोके तस्कर’ महिलालाई पिटेकोमा विरोध गर्दै फोरम र राजपा

‘पोके तस्कर’ महिलालाई पिटेकोमा विरोध गर्दै फोरम र राजपा

वीरगन्ज : वीरगन्ज भन्सार नाकामा ‘पोके तस्कर’ महिलाहरुलाई लछार पछार पार्दै कुटपिट गर्ने सशस्त्र प्रहरीलाई मधेसी दलहरुले कारवाहीको माग गरेका छन् ।

सीमावर्ती भारतीय बजार रक्सौलबाट अवैध रुपमा सामान ल्याउँदै गरेका पोके तस्कर महिलाहरुलाई गत बुधबार वीरगन्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले लछार पछार पार्दै कुटपिट गरेका थिए ।

पोके तस्कर महिलाहरुलाई सशस्त्र प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको तस्वीर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरीको चौतर्फी विरोध र आलोचना पनि भइरहेको छ ।

महिलाहरुलाई दुव्र्यवहार गरेको भन्दै सशस्त्र प्रहरीको आलोचना भएको हो । लछार पछार पर्ने प्रहरीलाई कारवाही गर्न संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा कार्यकर्ताले आन्दोलन नै गरेका हुन् ।

संगठित तस्करीलाई प्रश्रय दिने र जीवीकोपार्जनका लागि स साना पोकामा सामान ओसार्ने महिलालाई भने तस्करी नियन्त्रणको बहानामा कुटपिट गरेको भन्दै प्रहरीको उनीहरुले चर्को आलोचना गरेका हुन् ।

कब्जामै लिएर कपाल लुछेर घिसार्दै कुटपिट गर्नु अमानवीय र निकृष्ट कार्य भएको ठहर दुवै मधेसी दलका नेताहरुको छ । सशस्त्र प्रहरीको यो हर्कतले नागरिक र प्रहरीबीच फाटो ल्याएको भन्दै फोरम र राजपाले महिलालाई दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीलाई तत्काल कारवाहीको माग गरेका हुन् ।

शुक्रबार फोरम नेपालको वीरगन्ज महानगर समितिले प्रमुख जिल्ल्ला अधिकारी लोकनाथ पौडेललाई उनकै कार्यकक्षमा भेटेर घटनामा संलग्न सशस्त्र प्रहरीलाई कारवाहीको माग गर्दै संघीय सरकारको गृहमन्त्रालयमा ज्ञापनपत्र पनि बुझाएको छ ।

फोरम नेपालले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत  प्रदेश २ को गृहमन्त्रालय, सशस्त्र प्रहरीको मुख्यालय र राष्ट्रिय मानव अधिकार आयोगमा पनि पठाएको छ ।

कारवाही नभए फोरम र राजपाले सडक आन्दोलन नै चर्काउने भन्दै चेतावनी दिएका छन् । फोरम नेपाल वीरगन्ज महानगर समितिका अध्यक्ष यादवको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी, प्रवक्ता रामनरेश यादव, नेताहरु तबरेज अहमद, प्रकाश शर्मा लगायत थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.