धर्म प्रचार गर्ने अस्ट्रेलियाली युवती निष्कासित

धर्म प्रचार गर्ने अस्ट्रेलियाली युवती निष्कासित

काठमाडौं : गृह मन्त्रालयले इसाई धर्म प्रचार गर्ने एक अस्ट्रेलियाली युवतीलाई निष्कासन गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले अध्ययन भिसाको दुरुपयोग गर्दै धर्म प्रचारमा संलग्न भएको आरोपमा पक्राउ गरी उनलाई अध्यागमन विभागमा बुझाएको थियो।

गृहले शुक्रबार अस्ट्रेलियाली युवती क्याटिया ग्रामलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई निष्कासन गर्ने निर्णय गरेको थियो। ती युवतीले चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययन गर्न भिसा लिएकी थिइन्।

प्रहरीले बर्दियाको गुलरिया नपरपालिकास्थित बजार क्षेत्रमा केही नेपालीलाई साथमा लिएर गुलरिया क्षेत्रमा क्रिस्चियन धर्म प्रचार गरिरहेको बेला कात्तिक २६ गते पक्रिएको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको थियो। अध्यागमन विभागले ती युवतीको भूमिका पुष्टि गरेपछि निष्कासन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

गृहसचिव राईले सचिवस्तरीय निर्णय गर्दै उनलाइ निष्कासन गर्नुपर्ने अध्यागमन विभागको प्रस्तावलाई सदर गरेका छन्। अस्ट्रेलिया फर्किने हवाई टिकट पेस गरेपछि विभागले उनलाई फिर्ता गर्नेछ।

अस्ट्रेलिया फर्किने हवाई टिकट पेस गरेपछि विभागले युवतीलाई फिर्ता गर्नेछ।

नेपालको संविधानले धर्म प्रचारलाई निषेध गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले ग्रामका साथबाट धर्म प्रचार गर्दा चाहिने बाइबल, डायरी, पर्चालगायत भिडियोसमेत फेला पारेको थियो। गृह मन्त्रालयले मंगलबार बुटवलबाट दुई जापानी महिलालाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको थियो।

अध्यागमन विभागले असारमा व्यावसायिक भिसा लिएर धर्म प्रचारमा संलग्न भएको आरोपमा एक फिलिपिनी दम्पतीलाई समेत निष्कासन गरेको थियो। गृह मन्त्रालयले अहिलेसम्म धर्म प्रचारमा संलग्न भएको अरोपमा विभिन्न मुलुकका ५ विदेशी नागरिकलाइ निष्कासन गरिसकेको छ। विभागले भिसा दुरुपयोग गर्दै धर्म प्रचारलगायत अन्य आपराधिक गतिविधिमा विदेशीको संलग्नता बढेको भन्दै त्यस्ता विदेशीमाथि थप निगरानी बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.