चार वर्षमा पनि उठेन पूर्वउपराष्ट्रपति झाबाट ६७ हजार

चार वर्षमा पनि उठेन पूर्वउपराष्ट्रपति झाबाट ६७ हजार

काठमाडौं : बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन । यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम  फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।

स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो, उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो । बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्र्ने हो । कर्मचारीले बेरुजु रकम असुल उपर गर्न सबै उपाय अपनाइसकेका छन् ।

‘०७२ सालदेखि हामीले उहाँलाई चिठी पठाइरहेका छौं । भेटेर पनि भन्यांै । अहिले त पूर्वउपराष्ट्रपतिज्यूले हाम्रो कार्यालयको चिठीसमेत बुझ्न छाडिसक्नुभयो’, उपराष्ट्रपति कार्यालयका अधिकारीले अन्नपूर्णसँग भने ।

उपराष्ट्रपति कार्यालयका सहसचिव तहबाट निवासमै पुगेर पनि ताकेता भइसकेको छ । सहसचिवले बेरुजु उठाउन ताकेता गर्दा झाको धम्की सुनेपछि चुपचाप फर्के । ‘त्यसपछि घरमा जान छाड्यौं । वर्षको एक पटक चिठी पठाइरहेका छौं । तर, पछिल्लो समय त उहाँले उपराष्ट्रपति कार्यालयको पत्र नै बुझ्न छाड्नुभयो । हामीले अहिले हुलाकबाट चिठी पठाइरहेका छौं’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।

‘बेरुजु रकम असुल्न सकेनौं भनेर अर्थ मन्त्रालयअन्तर्गतको बेरुजु फर्स्योट अनुगमन समितिलाई पनि जानकारी दिइसकेका छौं’, ती अधिकारीले भने, ‘उसले केन्द्रीय तहसिल कार्यालयमा लगत राख्न भनेको छ । बेरुजु फर्स्योटको टाउको दुखाइबाट अब मुक्त भइएला कि !’

‘मैले आफैं लिएको होइन । तपाईंहरूले गल्ती गर्ने । मैले किन पैसा दिने’, झाले चिठी लिएर जाने कर्मचारीलाई भन्ने गरेका छन् ।

पछिल्लो समय त उनी सरकारले आफूलाई कुनै सुविधा नदिएको जिकिर गर्दै राष्ट्रपति–उपराष्ट्रपतिको सेवा–सुविधासम्बन्धी विधेयक पास गरी आफूलाई दिइने रकमबाट कटाउन भनिरहेका छन् ।

‘पदावधि सकिएपछि सरकारले सेवा–सुविधा नदिएकोबारे तपाईंहरूले चासो दिनुभएको छैन । यति रकम फिर्ता नदिएकोबारे सोधीखोजी किन गरिरहनु भा’को छ’, झाले अन्नपूर्णसँग भने।

‘खातामा बढी पैसा आएपछि बुझ्नुपथ्र्याे । धेरै आए फिर्ता गर्नुपथ्र्याे । यसरी लगातार ताकेता गर्दा हामीलाई नै अप्ठ्यारो भइसकेको छ । उहाँलाई किन नभएको होला’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।

गाडी मर्मत खर्च माग्दै

उपराष्ट्रपति कार्यालयले झालाई दिएको गाडीसमेत फिर्ता गराउन सकेको छैन । उपराष्ट्रपति कार्यालयले चार वर्षअघि उनलाई बा.१ झ ९९०१ नम्बरको स्कोरपियो गाडी दिएर बिदा गरेको हो । ऐन–नियममा सुविधा पाउने व्यवस्था नहुँदै उनलाई गाडी उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयले उनलाई दिएको गाडी उपराष्ट्रपति कार्यालयलाई फिर्ता गराउन भने पनि उसले सकेको छैन ।

सोही गाडी मर्मत गरिदिन झाका छोरा कृष्णचन्द्रले एक महिनाअघि प्रधानमन्त्री कार्यालय र उपराष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.