चक्रपथ त बन्यो, कहाँबाट बाटो काट्नू ? (भिडियोसहित)

चक्रपथ त बन्यो, कहाँबाट बाटो काट्नू ? (भिडियोसहित)

ललितपुर : चीनको सहयोमा निर्माण भइरहरहेको क‌लंकी-कोटेश्वर सडकमा जेब्रा क्रस र आकाशे पुल नहुँदा पैदलयात्रुले सास्ती भोग्नुपरेको छ । चक्रपथ सुधार आयोजना अन्तर्गत निर्माणाधीन यो सडकमा आकाशे पुल निर्माण अझै पर धकेलिएपछि यात्रुले केही समय अझै जोखिम मोल्नुपर्ने भएको हो । 

चिनियाँ कम्पनी कम्पनी साङघाई कन्स्ट्रक्सन ग्रुपले डिसेम्बर १५ सम्ममा सडक निर्माण सकेर हस्तान्तरण गरेपछि मात्रै आकाशे पुल बनाउने चक्रपथ सुधार आयोजनाका प्रमुख सुजन खनालले बताए । चक्रपथ अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको खण्डको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ।

आठ लेनको यो सडकमा आकाशे पुल, जेब्रा क्रसिङ निकै लामो दुरीमा राखिएकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय रुष्ट भएका छन् । सडकको बीचमा डिभाइडर पनि राखिएकाले बाटो काट्न दुई किलोमिटर पर पुग्नुपर्ने बाध्यता रहेको एकान्तकुनाका केशव पौडेलले बताए । ‘जेब्रा क्रस र आकाशे पुल नभएका कारण पैदल यात्रुले जहाँसुकैबाट बाटो काटिरहेका छन्', उनले भने, 'यसले फराकिलो सडकमा दुर्घटनाको जोखिम बढाएको छ ।’ 

आयोजनाका प्रमुख खनालले साङ्घाई कन्स्ट्रक्सनले जेब्रा क्रससँगै आकाशे पुल निर्माणको काम अघि बढाउन अनुमति नदिएको बताएका छन् । ‘चिनियाँहरु आफ्नो डिजाइन भन्दा एक इन्च पनि यताउता गर्न चाहँदैनन', उननले भने । चिनियाँ कम्पनीले बनाउने आकाशेपुल तयार भए पनि नेपालले बनाउने पुलहरूमा उसले अवरोध गरिरहेको खनालले बताए । 

खनालका अनुसार नेपालले यो सडकमा छ वटा आकाशे पुल बनाउने सम्झौता छ । जसअनुसार सातदोबाटो, एकान्त कुना र चापागाउँ दोबाटोमा धमाधम पुल निर्माण भइरहेको अवस्थामा चिनियाँ कम्पनीले रोकिदिएको उनले बताए । 

चीनबाट आएर प्राविधिक टोलीले सडक निर्माणको परीक्षण गरेपछि डिसेम्बर १५ सम्ममा सडक हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । ‘उनीहरूले हस्तान्तरण गरिसकेपछि मात्रै आकाशे पुल बनाउने अनुमति पाएका छौं', खनालले भने, 'यतिबेला हामी चिनियाँ टोलीको प्रतिक्षामा छौँ ।'

चिनियाँ कम्पनीले यो सडक बनाउन थालेको तीन वर्ष भइसके पनि नेपाल सरकारले ती पुल बनाउने जिम्मा धेरैपछि लिएको खनालले बताए । ‘पुल निर्माण ढिला भयो भनेर नेपाली ठेकेदारले कराइरहेका छन्', उनले भने, 'काम थालेपछि हामी समयमै सक्छौँ । चिनियाँले रोकिदिएको समय थप्दिनुपर्छ भनेका छौँ ।’ उनले भने 

चक्रपथको कलंकी-कोटेश्वर खण्ड फिनिसिङको काम भइरहेकाले यसको हस्तान्तरणपछि मात्रै जेब्रा क्रसिङ राख्ने ठाउँको पनि टुंगो गरिने भएको छ। चक्रपथका डिभाइडर सवारी चालकलाई अनुशासित बनाउन चिनियाँले नै राखे पनि आफैँलाई यो सडक छिचोलेर एकान्त कुनाको कार्यालय पुग्न गाह्रो परेको खनालको अनुभव छ । 

यो सडक निर्माण २०७२ को भूकम्प र भारतीय नाकाबनदीका कारण पर धकेलिएको थियो । त्यसैगरी घर टहरा हटाउन, रेलिङ लगाउन र कम्पाउन्ड भत्काउने काम जग्गा विवादले ढिलो भएको थियो । कतिपय ठाउँमा ठेकेदारले पनि ढिला गरेका थिए । 

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले नेपालले चिनियाँ कम्पनीले भन्दा धेरैपछि मात्रै काम सुरु गरेको बताए । उनीहरूको डिजाइनमा पनि सुधार गरेर काम अघि बढाउँदै गएको उनले बताए । कल‌ंकीदेखि कोटेश्वरसम्म १०.३९ किलोमिटर दुरीको चक्रपथ आयोजना निर्माणका लागि सन् २०१२ डिसेम्बर १८ मा चीन र नेपालबीच सडक निर्माणका लागि सम्झौता भएको थियो । 

भिडियो

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.