वाइडबडी प्रकरण : उपसमितिले कामै गरेन

वाइडबडी प्रकरण : उपसमितिले कामै गरेन

काठमाडौं : वाइडबडी प्रकरण छानबिन गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले अझै काम सुरु गरेको छैन । अघिल्लो शुक्रबार बसेको समिति बैठकले कांग्रेस नेता एवं सांसद प्रकाशमान सिंहको संयोजकत्वमा ३ सदस्यीय छानबिन उपसमिति बनाएको थियो ।

एक साता बितिसक्दा पनि उपसमितिको एउटा बैठक बसेको छैन । समितिमा सिंहसहित नेकपाका सांसद नारदमुनि राना र संघीय फोरमका रेनुका गुरुङ सदस्य छन् ।

नेता सिंहले संयोजक बस्न अस्वीकार गरेपछि उपसमिति निष्प्रभावी बनेको बुझिएको छ । ‘उहाँले राजनीतिक व्यस्तताका कारण संयोजक भएर काम गर्न नसकिने भन्नुभयो, अर्काे बैठक बसेर हामी संयोजक चयन गर्छाैं’, समिति सभापति पवित्रा निरौला (खरेल)ले भनिन्, ‘समिति पनि फराकिलो बनाउँछौं ।’ उनले उपसमिति ५ सदस्यीय बनाइने जानकारी दिइन् ।

नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी विमानमा अनियमितता भएका समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि संसदीय समितिहरूले छानबिन थालेका हुन् । संसद्कै लेखा समितिले पनि विमान प्रकरणमा छानबिन अघि बढाएको छ । समितिले वाइडबडी प्रकरणमा सार्वजनिक खरिद ऐन पालना भएको वा नभएको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

‘आर्थिक अनियमितताबारे लेखा समितिले हेर्ने हो, हामीले खरिद प्रक्रिया सही थियो थिएन भन्ने मात्र छानबिन गर्छाैं’, वाइडबडी छानबिन उपसमिति सदस्य रानाले भने, ‘औपचारिक रूपमा काम सुरु भएको छैन, हामी निगमले दिएका डकुमेन्ट अध्ययन गरिरहेका छौं ।’ उनले पनि सदस्य बढाएर पूर्णता दिएपछि काम सुरु गरिने जनाए ।

छानबिन उपसमितिका अर्का सदस्य गुरुङले पनि अहिलेसम्म काम सुरु नभएको स्पष्ट पारिन् । ‘म त गृहजिल्ला सुनसरीमा थिएँ, दुई÷तीन दिन भयो काठमाडौं आएको, अहिलेसम्म समितिको बैठकबारे मलाई जानकारी छैन’, उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.