चालु आवको चार महिना : आयात ५ खर्ब, निर्यात २९ अर्ब

चालु आवको चार महिना : आयात ५ खर्ब, निर्यात २९ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको प्रथम चार महिनामा नेपालले झण्डै पाँच खर्ब रुपैयाँका वस्तु आयात गरेको छ। साउनदेखि कात्तिकसम्म खाद्यन्न, तयारी पोसाक विद्यतुीय,पेट्रोलियमलगायत गरी चार खर्ब ८३ अर्ब ७५ करोड ३८ लाख रुपैयाँका वस्तु आयात भएको सरकारी तथ्यांकले देखिएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) ले सार्वजनिक गरेको आव २०७५/७६ को पहिलो चार महिनाको तथ्यांकअनुसार यो आयात गत वर्षको यसै अवधिको तुलनामा ३८.१ प्रतिशत बढी हो।  

टीईपीसीका नायव कार्यकारी निर्देशक सुयश खनालले गत आवको यसै अवधिको तुलनामा वैदेशिक व्यापार ३६.१ प्रतिशत वृद्धि भएको जानकारी दिए। नेपालले भारत, चीन, फ्रान्स, थाइल्यान्ड, स्विट्जरल्यान्ड, मलेसिया, क्यानाडा, भियतनामलगायत मुलुकसँग व्यापार गर्दै आएको छ। चार महिनामा पाँच खर्ब १३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ। व्यापार घाटा ४०.३ प्रतिशतले वृद्धि भएर चार खर्ब ५४ अर्बमा पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ९४.३ प्रतिशत र निर्यातको हिस्सा ५.७ प्रतिशत छ। निर्यात भने १०.७ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा २९ अर्ब २८ करोड रुपैयाँका नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएका छन्।  

कुल आयात हिस्सामा पेट्रोलियम पदार्थ तथा खाद्यान्नले मात्रै ३० प्रतिशत हिस्सा ओगटेको छ। ‘व्यापार घाटा बढ्नुमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ’, खनालले भने, ‘पेट्रोलियम पदार्थ हामीले उत्पादन गर्न नसके पनि कृषिजन्य वस्तुको उत्पादन गर्न सकिए व्यापार घाटा कम हुन्छ। ’ यो अवधिमा ६९ अर्ब सात करोड ५८ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। अघिल्लो वर्षको यसै अवधिमा ४१ अर्ब सात करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो।  

यसपछि दोस्रोमा फलाम तथा फलामजन्य वस्तुले ओगटेको छ। यसको आयात पनि गत वर्षभन्दा ६२ प्रतिशतले बढेकोे छ। ५८ अर्ब २० करोड रुपैयाँको फलाम तथा फलामजन्य उत्पादन भित्रिएको छ। यस्तै मेसिनरी तथा पार्ट्सको आयात पनि १०.४ प्रतिशत बढेको छ। ३७ अर्ब १० करोड रुपैयाँका यस्ता सामग्री नेपाल भित्रिएका छन्।  

सवारीसाधनको आयातमा राज्यले ८० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि र बैंकले ५० प्रतिशत मात्र डाउन पेमेन्ट गर्ने नीति लिए पनि सवारीसाधन तथा पार्टस्को आयात २४.४ प्रतिशत वृद्धि भएको छ। यो अवधिमा ३७ अर्ब आठ करोड रुपैयाँको सवारीसाधन तथा पार्टस भित्र्याइएको छ।  

अत्यधिक परिमाणमा आयात हुने सूचीभित्र हवाईजहाज तथा पार्टस् पनि परेका छन्। यी वस्तुको आयात ३३८.१ प्रतिशत बढेर १७ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। खाद्यान्नको आयात पनि १७.७ प्रतिशत वृद्धि भएको छ। समीक्षा अवधिमा १४ अर्ब ९० करोड १९ लाख रुपैयाँको खाद्यान्न आयात भएको छ। गत वर्ष यसै अवधिमा १२ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो। चार महिनामा ११ अर्ब २६ करोड ६१ लाख रुपैयाँको सुन भित्रिएको छ। तयारी पोसाकको आयातदर पनि १७८ प्रतिशत बढेको छ। चार महिनामा १३ अर्ब ८८ करोड ५६ लाख रुपैयाँको तयारी पोसाक आयात भएको छ।  

अलैंची निर्यात घट्यो

गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष अलैंची निर्यात १९.६ प्रतिशत घटेकोे छ। यस वर्ष ९६ करोड ७३ लाख रुपैयाँको अलैंची निर्यात भएको छ। अलैंचीको मुख्य खरिदकर्ता भारत हो। यस वर्ष धागो, ऊनी गलैंचा, तयारी पोसाक, मुसुरो दाल, चाउचाउ, रोजिन तथा रेजिनका एसिड, जडीबुटी, जुत्ता, अदुवा, मासु, फलाम तथा फलामका उत्पादन, जुस, चिया, कपडा, पस्मिना सल, जुटका झोला तथा बोरा र अन्य सामग्रीको निर्यात वृद्धि भएको छ।

 चार महिनामा आयातनिर्यात व्यापारको अनुपात दर १ः१६.५ देखिएको छ। गत वर्षको यसै अवधिमा यस्तो अनुपात दर १ः१३.२ थियो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.