नेपाल हाइड्रो : कर्मचारी हड्तालमा, सञ्चालक समितिभित्र खटपट

नेपाल हाइड्रो : कर्मचारी हड्तालमा, सञ्चालक समितिभित्र खटपट

बुटवल : कर्मचारीको हडतालले नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडमा कामकाज ठप्प भएको छ। जलविद्युत आयोजनाका उपकरण निर्माण गर्ने मुलुककै ठूलो कम्पनीमा तलब वृद्धिसहितका साते बुँदे माग राख्दै १ सय ७८ कर्मचारी गत शुक्रबारदेखि हड्तालमा छन्।

हाइड्रो कम्पनीले हाल ५४ मेगावाटको अपर साञ्जेन रसुवा,  २४ मेगावाटको मिश्री खोला जलविद्युत आयोजनाको काम गरिरहेको छ। केही समयअघि मात्रै चमेलियाको काम सकेको कम्पनीले कालीगण्डकी, खिम्ती, तिनाउ जलविद्युत परियोजनाको काम गरेको थियो। मजदुर आफ्ना माग सम्बोधन गर्न प्रशासनले अनाकानी गरेको भन्दै हड्तालमै उत्रिएका हुन्। हड्तालका कारण निर्माणाधिन रहेको २ अर्बको काम हुन सकेको छैन।

‘हामीले साउनमा नै मागपत्र पेश गरेका थियौं तर व्यवस्थापनले सुविधा कटौती गर्ने तयारी गरेपछि आन्दोलनमा उत्रिनु परेको हो', अखिल नेपाल औद्योगिक मजदुर युनियन नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष भुवन गिरी भने।

श्रमिकले आधारभूत तलबमा पाँच हजार र मंहगी भत्तामा ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ता शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनी भित्र क्यान्टिनको व्यवस्था, जोखिम भत्ता, आवास, कर्मचारीहरुलाई कम्पनीमा शेयर र कर्मचारीलाई ड्रेसको व्यवस्था गरिनुपर्ने माग राखेका छन्।

श्रम ऐन–२०७४ को दफा ११६ को उपपफा २ अनुसार माग राखिएको भन्दै पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने उनले बताए। सो ऐनले तलव सुविधा आपसी सौदावाजीमा बढाउन सकिने व्यवस्था गरेको छ। २०७३ सालयता तलब वृद्धि नभएकाले दुई वर्षमा वृद्धि गरिनुपर्ने मापण्डण्द पूरा हुनुपर्ने श्रमिकको माग छ।

हाइड्रोमा कर्मचारी आन्दोलनसँगै सञ्चालक समितिमा समेत विवाद रहेको छ। बुटवल पावर कम्पनी र अन्य लगानीकर्ताबीच लामो समयदेखि छलफल भएको छैन। कम्पनीमा बुटवल पावरको ५१ प्रतिशत शेयर रहेको छ। शेयरका हिसावले अल्पमतमा रहेका रतनसंसार श्रेष्ठ कम्पनीका अध्यक्ष छन्। नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडमा बुटवल पावर कम्पनीको ५१ दशमलव ३०, आइकेएन इन्ड्रस्टियल नर्बेको ४६ दशमवल ९, बुटवल टेक्निकल इनिष्टच्युटको १ दशमलव ०७ र हिमाल हाइड्रो तथा जनरल कम्पनीको शुन्य दशमलव ७१ प्रतिशत सेयर रहेको छ।

सञ्चालक समितिमा देखिएको खटपटले कम्पनी डुवाउने खेल भइरहेको कर्मचारीले आशंका गर्न थालेका छन्। कम्पनीमा अहिले भारतीय नागरिक राजेश अग्रवाल व्यवस्थापनक छन्। दुई वर्षअघि जिम्मेवारीमा आएका उनले कर्मचारीलाई ‘पेलेर जाने’ रणनीतिमा रहेको गिरीले बताए। अध्यक्ष श्रेष्ठ समेत आइकेएन इन्डष्ट्रियल एस नर्बेका प्रतिनिधि सञ्चालक मात्रै हुन।

व्यवस्थापन पक्षले कम्पनीप्रति नेपाली कामदारप्रति कुनै सदभाव नदेखाएको मजदुरको आरोप छ। समग्र उद्योग ट्रेड युनियन नेपाल नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेड अमितबहादुर आचार्य क्षेत्रीले माग पूरा नभएसम्म आफूहरूको संघर्ष जारी रहने चेतावनी दिए।

जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरलाई शोषण गरेर शेयर सदस्यले बोनस बाड्न नहुने उनले बताए। ‘हामी कानुनसम्मत रुपमा आन्दोलनम उत्रिएका छौं, व्यवस्थापन पक्षले छिट्टै सुनोस', उनले भने।

कम्पनीका अध्यक्ष रतनसंससार श्रेष्ठले श्रमिकको व्यवस्थापन तथा मागका विषयमा काम गर्ने गरी व्यवस्थापक नियुक्त गरिएको भन्दै थप बोल्न मानेनन्। उनी अध्यक्ष भएपछि व्यवस्थापकका रुपमा भित्रिएका अग्रवालले माग सम्बोधन गर्न आफूहरु तयार रहेको बताए। ‘श्रम ऐनले तोकेको भन्दा श्रमिकको तलव दोब्बर नै छ, उनले भने, सञ्चालक समितिले अनुमति अनुरुप तलव वृद्धि गर्न सकिन्छ।’

श्रमिकको आन्दोलनपछि अग्रवालले एकदेखि पाँचौ तहसम्मका कर्मचारीको १९ सय र छैठौंदेखि आठौंसम्म २२ सय तलव बढाउने प्रस्ताव ल्याएका छन्। त्यससँगै सर्तसमेत थपिएकाले श्रमिक आन्दोलनमा उत्रिएका हुन्।

लामो समय कम्पनीको अध्यक्ष बनेको पूर्वअध्यक्ष विजयबहादुर श्रेष्ठले छलफबाट समस्या समाधान गरीअघि बढ्नुपर्ने बताए। कम्पनीमा श्रमिकले गरेको आन्दोलन समाधानका लागि श्रम कार्यालय बुटवलले समेत मध्यस्तता गरेको थियो। तर, अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.