१२ बर्षदेखि खोरमा

१२ बर्षदेखि खोरमा

फिदिम : सहरमा १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ। औपचारिक रुपमा आयोजना गरिएका हिंसाविरुद्धका अभियानमा पहुँचवाला महिला अधिकारको बिषयमा चर्को स्वरले कराइरहेका छन्। तर, पाँचथरमा एक महिलालाई १२ वर्षदेखि खोरमा छन्।  

मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बाकी ३७ वर्षीया मनकुमारी लावतीलाई १२ वर्षदेखि खोरमा थुनिएको छ। बिरामी भएकी मनकुमारीका श्रीमानले दोस्रो विवाह गरेपछि उनलाई माइत लगेर खोरमा राखिएको हो।
 

२०५७ सालमा सराङडाँडाका धनकुमार शेर्मासँग विवाह गरेकी मनकुमारी २०६३ सालदेखि बिरामी भएकी हुन्। मनकुमारी बिरामी भएपछि धनकुमारले दोस्रो विवाह गरे। ज्वाईंले अर्की ल्याएपछि बिरामी छोरीलाई  ल्याएर खोरमा थुनेर राखिएको मनकुमारीकी आमा भौदरानी लावतीले बताइन्। 

‘छोरीले बेटुंगोको कुरा गर्थी,’ उनले भनिन्, ‘बिरामी छोरीलाई छाडेर ज्वाईंले दोस्रो विवाह गरेपछि छोरीलाई यतै ल्याएर खोरमा राखेका छौँ।’ 

घरको बाहिर टिनले बारेर खोर बनाइएको छ। खोरमा झुत्रिएका कपडा फालिएको छ। खोरको वरिपरी फोहोरै फोहोर छ। फोहोरले छोपेको ठाउँमा मनकुमारी पशुतल्ज जीवन बिताइरहेकी छन्। 

अहिले मनकुमारी उठेर हिड्न नसक्ने अवस्थामा छिन्। खुट्टा कुँजीएका छन्। स्वास्थ्य अवस्था नाजुक छ। बसेकै ठाँउमा फोहोर गर्छिन्। मन लाग्दा खानेकुरा खाने नत्र चुप लागेर बस्ने गरेको आमा भौदरानीको भनाइ छ। 

सामान्य रुपमा हात चलाउँछिन्, टाउको उठाउँछिन् र कहिलेकाँही सानो स्वरमा बोल्ने गर्छिन्। ‘म सँग छोरी राम्ररी बोल्छे,’ भौदरानीले भनिन्, ‘मैले भनेको कुरा पनि बुझ्छे तर, उठेर हिड्न सक्दिन।’ कहिलेकाँही आफू बिरामी भएर दुख दिएँ भनेर आफैँ गुनासो गर्ने गरेको आमाले बताइन्। 

मनकुमारी बिरामी परेपछि एक पटक विराटनगरसम्म उपचारमा लगेको परिवारको भनाइ छ। उपचारको क्रममा डाक्टरले अन्य केही पनि रोग नभएको तर, धेरै समय एकै ठाँउमा बसेकाले रगत बिग्रिएको बताएका थिए। खोरमा लामो समयसम्म थुनेपछि मनकुमारीको स्वास्थ्य बिग्रदै गएको स्थानीयको अनुमान छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.